रवी ओड र मेलिना राईको २ कौडिको बुद्धिमा नायिका बर्षा राउत

काठमाडौं/ नेपाल आइडल सिजन २ बिजेता रबि ओड को दोस्रो गीत सार्वजनिक भएको छ । उक्त गीतको बोल ‘दुइ कौडिको बुद्धि’ रहेको छ । उनले चर्चित गायिका मेलिना राईसंग गीतमा आफ्नो आवाज दिएका छन । भने गीतमा लात्ताघरेको शब्द रहेको छ । त्यस्तै यस गीतलाई संगीत भरेका छन भिम बिसी र ललित पौडेलले भने उदय राज पौडेलको अरेन्ज रहेको छ अनि किशोर थापाको मिक्सिंग रहेको छ ।

गीतको भिडियोमा चर्चित नायिका र मोडेल वर्षा राउत र रंजित पौडेलको अभिनय रहेको छ । सुबोल थापा र राजेन्द्र कटुवालको कोरियोग्राफ रहेको छ। यस गीतको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन् भने निकेश खड्काको निर्देशन रहेको छ ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…