रङ्ग दुनियामा सुजाताको चर्चा चुलिदै

ईटहरी/ नेपाली रङ्ग दुनिया तथा फिल्म उधोगमा नया पुस्ताको लगाब निकै बढेको छ । पछिल्लो समय नव अभिनेत्री सुजाता थापाको ब्यस्तता पनि यहि क्षेत्रमा बढ्दै गइरहेको छ । उनले नेपालि सिनेमा ‘स्वर्ग मेरो गाउँ’, झमक बहादुरमा मुख्य भुमिकामा अभिनय गरिसकेकि छिन् । सो फिल्महरुबाट सुजाताले आफ्नो अभिनयको निकै तारिफ पाएकि थिइन् ।

थापाले अहिले ‘मेरो आफ्नो’ टाईटल राखिएको फिल्मको छायांकन भर्खरै सकेकी छिन् । फिल्ममा अभिनय संगै दर्जनौं म्युजीक भिडियोमा पनि अभिनय गरिसकेकी थापाले ‘मेरो आफ्नो’ फिल्ममा पनि मुख्य भुमिकामै अभिनय गरेकी छिन् । जिवन्त अभिनय गर्न रुचाउने अभिनेत्री सुजाता धेरै चलचित्र खेलेर संख्य बढाउने भन्दा थोरै र गुणात्मक चलचित्रहरु दर्शकलाई दिनु पर्ने कुरामा जोड दिन्छिन् । हेर्नुस अभिनेत्री थापाका केही तस्विरहरु ।

Purbeli TV

तपाईको प्रतिक्रिया