यो साईनो माया चैत्र ४ बाट देशभर प्रर्दशनमा

विराटनगर, १२ फागुन / यूवा पुस्ताको मायाप्रेमलाई सरल ढुङ्गमा प्रस्तुत गरिएको चलचित्र ‘यो साइनो मायाको’ को चलचित्र आउँदो चैत ४ गतेदेखी देशभरीको हलहरुमा एकसाथ प्रदर्शनीमा आउने भएको छ ।निमार्ण यूनिटले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरि काठमाण्डौको मल्टिफिलेक्स १२ वटा हलमा । त्यसैगरी देशभरीको हलहरुमा एकसाथ प्रदर्शनी हुने जानकारी गराएको हो ।अरुण प्रधानले निर्देशन गर्नुभएको चलचित्रमा पूर्वका कलाकारहरुले विशेष भुमिका निर्वाह गरेका छन् । रहेको छ । पूर्वको पर्यटकिय स्थल भेडेटार, धरानको घोपा क्याम्प, विराटनगर लगायतका स्थानहरुमा छायाकन गरिएको छ ।

चलचत्रिमा नायक जतिन ताम्राकार नायिका रेष्मा घिमिरे रहेकाछन् । रेष्माले नेपाली चलचित्रमा उनीहरुले यो साइनो माया को बाट डेब्यू गरेका हुन् ।मोफसलमा रहि कलाकारिता क्षेत्रमा आफ्नो कर्म थलो बनाएका नयाँ अनुहारको कलाकारहरुलाई स्थान दिएको चलचित्रमा उनीहरुले गरेको अभिनयलाई तारिफ गर्ने योग्य रहेको देखिन्छ ।मन्जिना मुभिजको ब्यानरमा निमार्ण भएको चलचित्र पठ्कथा सम्बाद पनि निर्देशक प्रधानले गरेका हुन । चलचित्रको अन्य कलाकारहरुमा नबनितराज प्रधान, राजु भुजेल,सागर डंगोल, किशोर भण्डारी, सुनिता ठाकुर, मनोज खतिवडा, दिवस सुवेदी, बिशाल श्रेष्ठ, उमा कार्की, गौरब खतिवडा रहेका छन् ।

चलचत्रिको संगीत कुन्दन थापा र बिकेस केशंकरले दिएका छन् भने शिव परियार, मनिषा पोखरेल, कोसिश क्षेत्री, मेलिना राई, बिकेश के शंकर, ज्योती सुब्बाले स्वर दिएका छन् ।चलचित्रको लगानी करिब ६५ लाख रुपैयाँ खर्च भएको निमार्ण यूनिटले जनाएको छ । विराटनगरबाट प्रचार प्रसारमा होमिएको युनिटले दमक,हैटौडा हुदै पोखरा सम्म पुगेर यसलार्इृ पत्रकार सम्मेलन गर्दै प्रचार प्रसार गर्ने नायक जतिन ताम्राकारले बताए ।

तस्वीर : प्रेम देवान

तपाईको प्रतिक्रिया

Loading…