यो वर्ष विवाह गरेका चर्चित बलिउड अभिनेत्री (फिचर)

एजेन्सी । सन् २०१६ बलिउडमा अभिनेत्रीहरुका लागि विवाहकै वर्ष जस्तो भयो । किन भने चर्चित अभिनेत्रीहरुले यो वर्ष विवाह गरे । बलिउडमा राज गरेका चर्चित चर्चित अभिनेत्रीले यसै वर्ष वर पाए ।यो वर्ष विवाह गर्ने अधिकाँश अभिनेत्रीले ३५ काटिसकेका थिए । तर केही भने ३० काटेर विवाह गरेका छन् ।

कस कसले गरे यो वर्ष विवाहः

१ प्रिती जिन्टाः

 

चर्चित अभिनेत्री प्रिती जिन्टाले यसै वर्ष लगन गाँठो कसिन् । अमेरिकी नागरिक जीन गुडइनफसँग यसै वर्षको २९ फेब्रुअरीमा उनको विवाह भएको थियो । प्रितीका पति अमेरिकामा वित्तीय विश्लेषक हुन् ।

२- उर्मिला मातोंडकरः

अर्की बलिउड अभिनेत्री उर्मिला मातोंडकरले पनि सन् २०१६ मा विवाह गरिन् । उनले ४२ वर्षको उमेरमा ९ वर्ष कान्छा मोहसिन अख्तर मिरसँग विवाह गरिन् । उनका पति कश्मिरी ब्यापारी हुन् ।

३- विपाशा बसुः

बलिउडकी हट अभिनेत्री विपाशा बसुले पनि ३७ वर्षको उमेरमा विवाह गरिन् । करण सिंह ग्रोबरसँग गत एप्रिलमा विवाह गरेकी विपासा पनि ढिलो विवाह गर्ने बलिउड अभिनेत्रीमा दरिएकी छिन् ।

४- असिनः

गजनीबाट हिट बनेकी बलिउडकी अर्की सुन्दरी अभिनेत्री असिनले पनि सन् २०१६ मा घरजम गरिन् । ३१ वर्षकी असिनले माइक्रो म्याक्सका संस्थापक राहुल शर्मासँग गत १९ जनवरीमा विवाह बन्धनमा बाँधिएकी हुन् ।

५- अमृता राव 

बलिउडकी अर्की चर्चित अभिनेत्री अमृता रावले पनि सन् २०१६ मा घर बसाइन् । गत मे महिनामा मुम्बइमा आयोजित एक प्राइभेट समारोहमा विवाह गरेकी उनका पति आफ्ना आरजे प्रेमी अनमोलसँग लगन गाँठो कसेकी थिइन् ।रमाइलो संयोग बलिउडमा यस वर्ष विवाह गरेका कुनै पनि अभिनेत्री ३० भन्दा कम उमेरका थिएनन् ।नेपाली हेडलाइन्सकाे सहयाेगमा

तपाईको प्रतिक्रिया

Loading...