यो गीतमा लिइन् बिष्णु माझिले २ लाख पारिश्रमिक, अञ्जलीसंग बिमलको ठुम्का

ईटहरी/ पछिल्लो समय नेपाली सिने जगतमा सबैभन्दा बढी पारिश्रमिक लिने नायक नायिकाहरुको होडबाजी चलेको सबैलाई सर्वबिधितै छ । यता लोक संगीतको क्षेत्रमा पनि लगानी निक्कै हुने गरेको छ । एउटा भिडियो निर्माण गर्न लाखौ लगानी लाग्छ भने गीत तयार गर्न पनि उत्तिकै खर्छ लाग्ने गरेको छ । पछिल्लो समय सार्बजनिक एक गीतमा गायिका बिष्णु माझिले २ लाख लिएको बुझिएको छ ।

सार्बजनिक “झ्यालैमा” बोलको गीत गाउदा २ लाख पारिश्रमिक लिएको गीतका मोडल बिमल अधिकारीले आफ्नो फेसबुकको एक पोस्टमा लेखेका छन् । बिष्णु माझिले यति धेरै पारिश्रमिक लिएर गाएको यो पहिलो गीत हो भनेर पनि उनले सो पोस्टमा खुलाएका छन् । गीतमा मोडल बिमलकै शब्द संगीत समाबेश गरिएको छ भने बिष्णु माझिलाई दुर्गा बिसिले स्वरमा साथ दिएका छन् ।

भावना म्युजिक सलुसनले प्रस्तुत गरेको गीतको भिडियोलाई पनि भावना म्युजिक सलुसनकै युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । मार्च २२ मा सार्बजनिक गरिएको भिडियोलाई ३ दिनको अवधिमा २ लाख बढी पटक हेरिएको छ । गीतको भिडियोमा बिमलको साथमा चर्चित मोडल अञ्जली अधिकारी संगै काजी सुन्दास पनि फिचर्ड छन् । भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन भने बुद्ध थापाले छायांकन गरेका हुन् । सम्पादन दिपक बिष्टले गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…