योजनाको ‘औठी खसेछ’मा माग्ने बुढाको रियल बुढिको अभिनय यस्तो छ (भिडियो सहित)

इटहरी/ कार्यक्रम प्रस्तोता संगै गायिका समेत रहेकी योजना पुरीको ‘औठी खसेछ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्बजनिक गीतमा शब्द संगीत विशाल राईको रहेको छ भने योजनाको एकल आवाज गुञ्जिएको छ । नेपाली लोक भाकामा प्रस्तुत गरिएको गीतमा नेपालीपन झल्काइएको छ ।

गीतमा करिश्मा ढकाल, विकाश लामेछाने, सन्देश न्यौपाने, हाँस्यकलाकार मधुसुधन (पाठक सिते बा) र सितादेवी तिम्लसिना (चन्द्रमुखी)को अभिनय रहेको छ । सितादेवी चर्चित हाँस्यव्यांग्य कलाकार केदार घिमिरे (माग्ने बुढा) की श्रीमती हुन् । भिडियो हेर्नुस् :

सुमनसागर जङ्ग केसीको कोरियोग्राफी रहेको गीतलाई बुद्ध थापाले खिचेका हुन । दीपक आचार्यले निर्देशन गरेको गीतमा सम्पादन सुरेश राउतको रहेको छ । उदयराज पौडेलको संगीत संमयोजन र मिक्सीङ माष्टरिङ महेश्वर मान राज भण्डारीको रहेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया