यूकेमा “धनपति” प्रदर्शन हुने

नेपालमा सुखद व्यापार गरेको वर्ष २०७४ को पहिलो हिट फिल्म “धनपति” अब विदेशका विभिन्न शहरहरुमा पनि प्रदर्शन हुने भएको छ । नेपाल रिलिज अगाडि अमरिकामा प्रदर्शन गरिएको फिल्म “धनपति”ले नेपालबाट प्रदर्शनको दुईदिनमा करोड विजनेश गरेको खबर बाहिर आएको थियो । नेपालमा निकै रुचाइएको फिल्म “धनपति” अब यूकेका विभिन्न शहरहरुमा प्रदर्शन हुने भएको छ ।

यूकेका सबै शहरहरुमा “धनपति” प्रदर्शन गर्ने अनुमती पाएको ३२ बक्सका एलबिजेट गुरुङका अनुसार, फोल्कस्टोनस्थित टावर थ्रिएटरमा २०१७ जुलाई ३०, अल्डरसटस्थित द एम्पायर हलमा २०१७ अगस्ट १८ र लण्डन सपारी सिनेमा हलमा २०१७ अगस्ट २० मा फिल्म “धनपति” रिलिज हुनेछ । अल यूके फिल्म “धनपति” प्रदर्शन गर्न ३२ बक्सलाई जी नाइनले सहयोग गरेको छ ।

“पशुपतिप्रसाद”को सफलतापछि टुकी आर्ट्स प्रालिले दीपेन्द्र के. खनालको निर्देशनमा यो फिल्म निर्माण गरेको हो । खगेन्द्र लामिछानेको लेखन रहेको फिल्मको प्रमुख भूमिकामा पनि लामिछाने नै देखिएका छन् ।

खगेन्द्र लामिछाने बाहेक फिल्ममा सुरक्षा पन्त, आशान्त शर्मा, हरिहर शर्मा, मनिष निरौला, सुरभी बर्तौला, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ । “धनपति” को सहायक निर्माता ओम गुरुङ, सह–निर्माता रजना नापित, समिर देवकोटा रहेका छन् । निर्माता भने रोजिना सिटौला रहेकी छन् ।

तपाईको प्रतिक्रिया

Loading...