युट्युब मार्फत ‘धुम-३’ सार्बजनिक (पुरा फिल्म सहित)

इटहरी / जय किशन बस्नेत फिल्मस प्रा.लि.को ब्यानरमा निर्माण साथै नायक जय किशन बस्नेतको अभिनय रहेको फिल्म धूम ३ युटुवमा सार्बजनिक भएको छ । सो फिल्ममा पुर्वको केन्द्रबिन्दु ईटहरिको २ कलाकारको पनि मुख्य भूमिका रहेको छ । बिगत लामो समय देखि सिने क्षेत्रमा लागिरहेका माधब केसी र अर्का नव कलाकार सिम्रन कार्कीको सो फिल्ममा महत्त्वपूर्ण भूमिका रहेको छ । हेर्नुस सार्बजनिक फिल्म ।

चलचित्रमा नायक जय किशन बस्नेत र नायिका एलिना रायमाझीको रोमान्स,द्वन्द्व, कमेडी,रोदन सबै अटाइएको छ । हिमाल के.सी .को द्वन्द्व रहेको उक्त्त चलचित्रमा जीवन श्रेष्ठले चलचित्र छायांकान गरेका हुन । चलचित्र धुम ३ लाइ साइराम पिक्चर्स बाट सार्बजनिक गरिएको छ ।

नायक जय किशन बस्नेतकै लेखन, निर्माण तथा निर्देशन रहेको चलचित्र धूम ३ मा जय किशन बस्नेत, एलिना रायमाझी, प्रज्वल गिरि, लय संग्रौला, शोवित बस्नेत, उत्तम के.सी, सुरबीर पण्डित, रोजन फुयाल, देश नरेश अधिकारी, बिपन खत्री, सपना श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया