युट्युबमा बल्ल आयो छक्का पन्जा-२ ( हेर्नुस् पूरा फिल्म सहित)

ईटहरी/ नेपाली चलचित्र “छक्का पन्जा २” युट्युबमा सार्बजनिक गरिएको छ । दिपक दिपाको “छ माया छपक्कै” प्रदर्शन मिति नजिकिदै गर्दा केही साल अघि सार्बजनिक प्रदर्शनमा आएको यो फिल्मलाई युट्युबमा सार्बजनिक गरिएको हो । सार्बजनिक पश्चात् कमेन्टहरु पनि आएका छन् । केहीले “छक्का पन्जा २ युट्युबमा नहालेको रिसले छ माया छपक्कै हेर्न मान्छे हलसम्म पुग्दैन भनेर दिपकले यो फिल्मलाई युट्युबमा हालेछ” भनेर व्यंग्य गरेका छन् । हलमा ब्लकबस्टर बनेको छक्का पन्जा सिरिजको तेस्रो भाग पनि हलमा प्रदर्शन भैसकेको छ ।

तर बल्ल बल्ल २ बर्षको अन्तरमा युट्युबमा कुर्ने दर्शकको गाली खाई खाई छक्का पन्जा २ सार्बजनिक गरेको छ भने छक्का पन्जा ३ कहिले सार्बजनिक हुन्छ, कुनै टुङ्गो छैन । तर अब छक्का पन्जा २ सार्बजनिक पश्चात् छक्का पन्जा ३ सार्बजनिक गरिनु पर्यो भनेर केही फ्यानले भने कमेन्ट गरेका छन् ।

अभिनेत्री दीपाश्री निरौलाको दोस्रो निर्देशकिय फिल्मको रुपमा रहेको छक्का पन्जा २ मा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, लक्ष्मी गिरी लगायतको मुख्य भूमिका रहेको छ । फिल्ममा विकास राज आचार्य र सामिप्यराज तिमल्सेनाको कथा रहेको छ भने दीपकराज गिरी पटकथाकार हुन् ।

तपाईको प्रतिक्रिया

Loading…