यी २ फिल्म पछि ‘छक्का पन्जा २’ य़ूटुबमा सार्बजनिक हुने तर कहिले ? बिस्तृतमा हेर्नुस

इटहरी/ बहुप्रतिक्षित चलचित्र छक्का पन्जा ३ घटस्थापनाको दिन बाट प्रदर्शनमा आएको छ । दर्शकको बाक्लो उपस्थिति संगै साथ् पाएको छक्का पन्जा सिरिजले अहिले सम्मकै सर्बाधिक ब्यापार गर्दै रेकर्ड राखेको छ । यता प्रदर्शनरत ‘छक्का पन्जा ३’ ले पनि बक्स अफिसमा तहल्का मच्चाइरको छ । हास्यव्यंग्य कथाबस्तु उठाएर यस अघि निर्माण गरेका दुइ चलचित्र मध्ये छक्का पन्जा २ अहिले सम्म य़ूटुबमा सार्बजनिक भएको छैन ।

हामि संगको कुराकानीमा निर्माता दिपकराज गिरीले ‘फिल्म हामीले हाइलाइट्स नेपाललाई पहिले नै य़ूटूब सार्बजनिकको लागि आधिकारिकता दिइसकेको हुनाले हामि संग यही बेला सार्बजनिक हुन्छ भनेर यकिन गर्न सक्दैनौ तर हाइलाइट्स नेपालले जानकारी गराए अनुसार हामि भन्दा अगाडी आधिकारिकता लिइसकेको ‘२ रुपैया’ र ‘प्रेम गित २’ पछि हाम्रो पालो छ’। यस अर्थमा निर्माता दिपकको अनुसार सम्भबत छक्का पन्जा २ तिहार पछि हाइलाइट्स नेपाल मार्फत युटुबमा सार्बजनिक हुने छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया