यी हुन बिहे नगरेका नेपालका हिट अभिनेत्रीहरु

काठमाडौं / चलेको चलन, विवाहका लागि साइत जुर्नुपर्छ । यद्यपि, साइत नजुरेपनि इच्छा हुनेहरुले बिहे गरेकै छन् । नेपाली ग्ल्यामर क्षेत्रमा केहि त्यस्ता चर्चित अभिनेत्रीहरु छन्, जसले अहिलेसम्म लगन गाँठो कस्न सकेका छैनन् । कतिपयले डिभोर्स गरेर यत्तिकै एकल जिवन बिताइरहेका छन् । कतिपयले इङ्गेजमेन्ट गरेर बिहेको मिति कुरिरहेका छन् । यसपटक हामीले नेपाली चलचित्र क्षेत्रमा काम गरिरहेका चर्चित अविवाहित अभिनेत्रीहरुको बारेमा छोटो चर्चा गरेका छौं ।

नम्रता श्रेष्ठ

नम्रता श्रेष्ठ नेपालकी सर्वाधिक सुन्दर तथा स्टारडम भएकी अभिनेत्री हुन् । उनका अधिकांश चलचित्र सफल छन् । उनको सुन्दरता तथा अभिनयले धेरैलाई घायल पार्छ । हाल आफ्नो चलचित्र ‘जाइरा’ को प्रमोशनमा व्यस्त अविवाहित नम्रताले कहिले बिहे गर्छिन् केहि खुलासा गरेकी छैनन् । यद्यपी, प्रेमी दावा शेर्पासँग विहे हुने पक्का भएको जनाएकी छिन् ।

साम्राज्ञी राज्यलक्ष्मी शाह

छोटो समयमै सुन्दरता र अभिनयका कारण साम्राज्ञी राज्यलक्ष्मी शाहले धेरैको मन जितिन् । यी अविवाहित सुन्दरीको सुन्दरताले धेरै यूवकलाई मोहित पारेको छ । साम्राज्ञी अबिवाहित अभिनेत्रीहरुमध्ये एक हुन् । उनि केहि समयअघि व्यवसायी मयंक खड्कासँगको प्रेम सम्वन्धमा थिइन् । अहिले उनको नाम देवांशु जंगबहादुर राणासँग जोडिएको छ ।

केकी अधिकारी

केकी अधिकारीको अभिनय र सुन्दरताले जो कसैलाई फिदा पार्छ । एक दर्जनको हाराहारी चलचित्रमा काम गरिसकेकी केकीको नयाँ चलचित्र ‘रातो गलबन्दी’ केहि हप्ताअघि प्रदर्शन भयो । तर,
खासै चलेन । उनको अर्को चलचित्र ‘छ माया छपक्कै’ प्रदर्शन हुने तयारीमा छ । म्युजिक भिडियो तथा चलचित्रबाट प्रशस्त फ्यान कमाएकी केकी यतिका लामो समयसम्म प्रेमको चर्चाले चर्चित थिइनन् । हालै भने उनको प्रेम डुबेको चर्चा चलेको छ । बजारमा चलेका गसिपअनुसार केकीको गायक आर्जन पाण्डेसँग नाम जोडिएको छ । पछिल्लो समयमा एकसाथ देखिन थालेपछि उनिहरु प्रेममा रहेको अड्कल काट्न थालिएको हो ।

अदिती वुढाथोकी

अदिती बुढाथोकी चलचित्र ‘कृ’ मा काम गरेपछि चर्चामा आएकी हुन् । बलिउडमा भविष्य खोजिरहेकी अदितीको प्रेम सम्वन्धका विषयमा अहिलेसम्म केहि खुलासा भएको छैन । सुन्दरताका कारण उनलाई चलचित्रमा लिन खोज्ने निर्देशक–निर्माता धेरै छन्, तर उनले अर्को प्रोजेक्टमा साइन भने गरिसकेकी छैनन् ।

बर्षा सिवाकोटी

अभिनेत्री बर्षा सिवाकोटी प्रेमको विषयमा खासै चर्चामा आएकी छैनन् । घरबाट बिहेका लागी दवाव आएपछि उनले आजभोली ‘बिहे गर्ने तर केहि बर्षपछि’ भन्दै आएकी छिन् । अविवाहित यि अभिनेत्रीले कहिले बिहे गर्छिन् ? अहिलेसम्म केहि संकेत गरेकी छैनन् ।

आँचल शर्मा

अविवाहित अभिनेत्रीहरुको सुचीमै छिन्, आँचल शर्मा । पल शाहसँग सम्वन्धमा रहेको गसिप वजारमा हल्ला चलेपनि उनिहरुले अहिलेसम्म स्विकारेका भने छैनन् । आँचल पछिल्लो समय चलचित्र तथा म्युजिक भिडियोमा जमेकी अभिनेत्रीमा पर्छिन् । नारी बाट

तपाईको प्रतिक्रिया

Loading…