यी हुन् भ्वाइस अफ नेपालका ४ फाईनलिष्ट, कतारमा हुदैछ ग्राण्ड फिनाले, नेपालमा पनि लाईभ हुने

ईटहरी/ बिगत ४ महिना देखि नेपालमा संचालन भएको अन्तरास्ट्रिय फ्रेन्चाईज शो ‘द भ्वाईस अफ नेपाल’ले अब बिजेता छान्न तम्तयार भएको छ । आईतवारको एपिसोडबाट जम्मा ४ जना फाईनलका लागि छनौट भएका छन् । ४ जना कोचले जम्मा १२/१२ जनाको टिम बनाएर प्रतिष्पर्धाको यात्रा थालनी गरेको भ्वाईस अफ नेपालले अहिले हरेक कोचबाट १/१ जना चुनिएर आएका छन् । जो फाईनल बिजेताको लागि कडा प्रतिष्पर्धामा छन् ।

टप ४ फाईनलिष्ट बनेका छन् टीम प्रमोदबाट श्रीजय थपलिया, जो गायकिमा त नयापन दिन्छन नै संगै उनको ब्यागका कारण पनि चर्चामा आए । उनको सो ब्यागमा के छ भन्ने कुरा फाईनलमा देखाउने चाहना पूरा भएको छ । त्यस्तै टीम दीप बाट सिडि बिजय अधिकारी बिजेताको लागि दाबेदार प्रतिष्पर्धी को रुपमा छानिएका छन् । उनको गायकिले पनि धेरै आकर्षित भएका छन् । यता टीम अभयाबाट कुशल आचार्य फाईनलमा पुगेका छन् ।

उनको कुसलत प्रस्तुतिले दर्शकको मात्र हैन कोचको समेत मन जितेको छ । अब बिजय हासिल चाहिँ कत्तिको गर्ने हो त्यो भने हेर्न बाकी नै छ । र टीम सनुपबाट सप्तक दुतराज फाईनलमा जम्प गर्न सफल भएका छन् । उनको रकस्टार शैलि मात्र हैन उनको स्मार्टपनाका कारण पनि लोकप्रिय बने । उनलाई जिताउनको लागी धेरै देशबाट क्याम्पियनहरु भैरहेका छन् । त्यसैले पनि उनी बिजेताको लागि प्रमुख दाबेदार हुन भन्न सकिन्छ ।

यी ४ प्रतिष्पर्धी मध्ये १ बिजेताको लागि निर्णायक भनेको अब दर्शक नै हुन् त्यसैले हिजोबाट नै भिटिङ लाईन खुल्ला भएको छ । जुन खुल्ला हुनेछ आगामी शुक्रबार बेलिकी ८ बजे सम्म । आगामी डिसेम्बर १४ तारिखमा कतारको दोहास्थित एसियन टाउन ग्रान्डमल सनैयामा द भ्वाइस अफ नेपालको फिनाले हुने र सोको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएका छ । ग्रिनग्रास ट्रेडिङ एलएलसी र याक एण्ड यती इभेण्ट म्यानेजमेण्टले कार्यक्रमको आयोजना गर्न लागेको हो ।

यस्तै सो कार्यक्रम लाईभ हेर्नको लागि नेपालमा भएका दर्शकको लागि पनि सुबिधा दिइएको छ । राती १० बजेदेखि कान्तिपुर टेलिभिजनबाट कतारमा भएको सो कार्यक्रमको लाईभ प्रसारण प्रत्यक्ष हेर्न सकिन्छ । यस्तै सोही समयमा रमाईलो टिभी बाट पनि सो प्रत्यक्ष प्रसारणलाई लाईभ हेर्न सकिनेछ । टप ४ फाईनलिष्टलाई बिदेशमा भएका दर्शकहरूले भ्वाइस अफ नेपालको एपबाट हरेक दिन आफ्नो मन पर्ने लाई दिनमा ५० चोटि सम्म भोट गर्न सक्नेछन् । ग्रान्ड फिनालेमा सबैको मन जित्न सफल सारङ बाधक बर्ता गन्दर्भ र तेजिन्द्र गन्दर्भले पनि आफ्नो प्रस्तुति दिनेछन् ।

यता सेमिफाइनलमा पुगेका ८ जनाले पनि आफ्नो गायन खुबिलाई प्रस्तुत गर्नेछन् । संगै कोचहरु दीप श्रेष्ठ, प्रमोद खरेल, अभया सुब्बा र सनुप पौडेलको पनि विशेष अनि लोकप्रिय प्रस्तुति रहने छ । गुगल र्यान्किङको १ नम्बरमा पर्दै संसारको सर्वोत्कृष्ट गायन रियालिटी शो बनेको ‘भ्वाइस’को नेपाली सस्करण ‘द भ्वाईस अफ नेपाल’को यो पहिलो सिजन हो । पहिलो भ्वाईस अफ नेपाल को बन्ने हो भन्नेमा सबै प्रतिक्षामा छन् । बिजेताले नगद २५ लाख, एउटा कार, २० लाख बराबरको एल्बम कन्ट्र्याक र ४ फाईनलिष्टले वर्ल्ड म्युजिक टुरको मौका पाउने छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया