यी हुन् दसैंमा बज्ने दश गीत (भिडियाे सहित)

दसैं आउनु अगावै रेडियो / टिभीमा मंगलधुन बज्न थाल्दछ । त्यसैगरी बज्ने दसैं गीतले झनै दसैंमा रौनकता थपिदिन्छ नेपाली गीत संगितको ईतिहासमा दसैं सम्बन्धि गीतले ठूलो महत्व राखेको छ । संगित क्षेत्रमा लागेका अधिकाँसले चाडबाड सम्बन्धि गीत गाउने गरेका छन् तर दसैं आउनु वित्तिकै बज्ने नयाँ पुराना दश गीत ः

विछोडको पिडा नसकी खप्न दसैंको बेलामा

दसैं सम्बन्धि गीत भन्ने वित्तिकै हामी यो गीतलाई सम्झिन्छौं । कालजयी र नेपालीहरुको दसैं झल्काउने आलाप बजेपछी दसैं आईसकेको अनुभुति हुन्छ । यो गीत दसैं सम्बन्धि पुरानो चर्चित गीत हो । सन् १९७० को दसकमा नारायण गोपालले दार्जिलिङ्गमा गएर दिलमाया खातीलाई भेटेरै यो गीत गाउन आग्रह गरेका थिए । त्यसपछि कलकत्तँमा नारायण गोपाल र दिलयमाया खातिको स्वरमा रेकर्ड गरिएको युगल गीतकै ऐतिहासिक गीत पनि हो यो गीत । रेडियो नेपालमा दसैंको गीतमध्ये धेरै बजेको यो गीत अहिले सबै रेडियोहरुले दसैंमा बजाउने गरेका छन् ।

नमुछे आमा दहीमा टीका

दसैं आउने वित्तिकै रेडियो /टिभीहरुमा बज्ने यो गीतले पनि नेपाली मन दुख्ने गरेको छ । नारायण रायमाझीले एकसरो लोकभाकामा गाएको यो गीत विस २०५७ सालमा कृष्णभक्त राईले विभिन्न बाजाहरु राखेर गाएपछि यो गीत दसैं गीतको चर्चित गीत बन्यो । भारतिय सेनामा रहेका रायमाझीका दाई लक्ष्मण रायमाझीले भारत–पाकिस्तानको कार्गिलको लडाई सन् १९९९ताका यो गीत लेखेका थिए । नेपाली जनजीवनलाई बोकेको गीत यसर्थमा पनि मनछुने बनेको थियो ।

दसैं नै हो की यो मेरो दसा फर्कि आएको

यो गीत पनि दसैंको गीतमध्येको चर्चित गीत हो । योगेश्वर अमात्यको स्वरमा रहेको यो गीतमा दसैं गीतकै फरक स्वाद पाईन्छ । बढ्दो महंगीले नेपाली समाजलाई पारेको असर यो गीतमा प्रस्तुत छ । न्यु बज्राचार्यको संगीतमा रहेको यो गीतको शब्द  गुमनाम जस्तै रहेका सर्जक प्रेम बस्नेतले लेखेका थिए । विस २०५० ताका संवाद समेत हालेर बनेको यो गीत दसैंको आईडी जस्तै बनेको छ ।

यसपालि दसैंमा ठूलो दाजु आउने रे

कुल पोखरेलको स्वरमा रहेको यो गीत दसैं सम्बन्धि गीतको अर्को चर्चित गीत हो । कुल पोखरेलको सम्झनामा अन्य गायकहरुले पनि यो गीतको कभर गाएर युट्युबमा राखेका छन् । कुल पोखरेललाई दसैंमा मज्जाले सम्झाउने गीत हो यो गीत । नेपाली गीत संगितमा फरक नामले परिचय बनाएका पोखरेलको यो गीत बालवालिकाहरुले समेत खुब मन पराउने गरेका छन् ।

यो दसैंमा म घर आईन

नेपाली लोकदोहोरी गीतमा दसैं गीत भन्ने वित्तिकै यो गीतको सम्झना आईहाल्छ । एसएसएस म्युजिकले बजारमा ल्याएको यो गीतमा  रेशम थापा र उद्धब कार्कीलाई  सिता थापा र गीता कोईराला स्वरमा साथ दिएका छन् । लोकदोहोरी मन नपराउनेहरुले पनि यो गीत दसैं गीतको दोहोरीमा ऐतिहासिक गीतको रुपमा लिएका छन् ।  पर्देशबाट घर फर्किन नसकेका नेपालीहरुको पिडा यो गीतमा समेटिएको छ ।

रातो टिका दसैंको जमरा

नेपाली चलचित्रहरुमा पनि दसैं तिहारको गीतले अत्यधिक चर्चा पाउने गरेको छ ।  मनमन्दिर चलचित्रमा रहेको यो गीतले पनि दसैंको झल्को ल्याउँछ नायक राजेश हमाल र नायिका झरना थापाको नृत्य रहेको यो गीत अहिले पनि दसैंमा उत्तिकै बज्ने गर्दछ ।
;

दसैं आयो

नेपाली चलचित्र मुग्लानमा रहेको दसैंं आयो गीत पनि दसैंमा अत्यधिक बज्ने गीतमा पर्दछ ।पछिल्लो पुस्ताको युवाहरुमा यो गीत झनै चर्चित गीत हो । सुन्न मात्र होईन दसैंका कार्यक्रमहरुमा रमाईलो स“ग यो गीतमा युवापुस्ताहरु नाचिरहेका हुन्छन् ।

वर्ष र दिनमा लै लै

सुगम पोखरेलको स्वारमा रहेको यो गीत पनि युवा पुस्ताले औधि रुचाएको दसैं गीत हो । रवि श्रेष्ठको शब्दमा तयार भएको यो गीतमा पनि श्रोताले दसैं गीतको फरक स्वाद लिने गरेका छन् । दसैंमा मात्रै नभएर अन्य समयमा पनि यो गीत पोखरेलले विभिन्न कार्यक्रमहरुमा गाउने गरेका छन् । नेपाली परिवेशमा यो गीतमा पनि पर्देशीको व्यथालाई पनि समेटिएको छ ।

थालै फरी रातो रातो अक्षता र पाती

गत साल मात्रै सुनिल गिरीको स्वर , संगित र शब्दमा आएको यो गीत पनि अहिले चर्चामा छ । रिकेस गुरुङ्गले एरेन्ज गरेको यो गीत दसैं अगावै युट्युवमा एकलाख ४० हजार बढिले हेरिसकेका छन् ।  दसैंमा लाहुरे फर्किएको र गाउ“को रमाईलो क्षणहरु समेटिएको गिरीको यो गीत पनि दसैं गीतमा रुचाईएको गीत हो ।

आयो दशै आयो तिहार

तामिया रार्इकाे शब्द,  राजकुमार बगरकाे संगित तथा मेलिना रार्इकाे  स्वर मा रहेको यो गीत पनि पछिल्लो समय चर्चा कमाउँदै गएको दसैं गीत हो । बिन्दबासिनी म्युजिकले बजारमा ल्याएको लोकपप शैलीको यो गीत पनि दसैंमा धेरैले सुन्न थालेका छन् ।

तपाईको प्रतिक्रिया