यात्रामा भेटिएकी युवतीलाई प्रेममा पार्न युवकले रचे यस्तो जुक्ती

काठमाडौं । एउटा युवकले एउटी युवती पाउनका निम्ती कति संघर्ष गर्ला ? अनि एकतर्फी गहिरो प्रेममा फसेको युवकका निम्ती मन परेकी युवती एकाएक अलप हुँदा कति तडपिएर बस्नुबर्ला ?यात्राका क्रममा भेटिएकी एक युवतीको प्रेममा फसेको एक युवकको कथा समेटिएको गीतले त्यसका सबै भावहरुलाई स्पष्ट पारिदिएको छ । गायक सन्तोष गुरुङले आफ्नो नयाँ गीतको म्युजिक भिडियोमा एक युवाको प्रेमप्रतिको मोहलाई झल्काइदिएका छन् । मनपरेकी युवतीप्रति युवकको मनोविज्ञानलाई भिडियोमा उतारिएको छ ।

बासुदेव मुनालको शब्द तथा मोहित मुनालको संगीतमा रहेको ‘एउटै छ बाटो’ बोलको गीतको म्युजिक भिडियो उनले क्यानभास प्लसमिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक गरेका गरेका छन् । गायनसँगै म्यूजिक भिडियो निर्देशनमा सक्रिय देखिएका गायक गुरुङले भिडियोलाई नयाँ धारमा निर्देशन गरेका छन् । भिडियोको निर्देशनमा नयाँपन देख्न पाइन्छ । नविन के. श्रेष्ठले छायांकन गरेको म्युजिक भिडियोलाई ज्ञानेन्द्र गोपालीले सम्पादन गरेका हुन् भने गायक गुरुङले नै यस म्युजिक भिडियोलाई निर्देशन गरेका छन् ।

लोक कर्णेल र करुणा श्रेष्ठको अभिनय रहेको यस म्युजिक भिडियोले गायन संगै निर्देशनमा पनि अघि बढ्ने उर्जा मिल्ने उनले विश्वास गरेका छन् । डेढ दर्जनबढी गीतमा स्वर दिएका गायक गुरुङले यसअघि पनि केही गीतको भिडियो निर्देशन गरिसकेका छन् ।

 

तपाईको प्रतिक्रिया

Loading…