यहि मङ्सिरमा बिहे गर्दै अभिनेत्री ऋचा शर्मा, पोखरामा दिईन् ब्याचलर पार्टी

ईटहरी / भर्सटायल अभिनेत्रीको रुपमा आफूलाई स्थापित गराएकी ऋचा शर्मा यस वर्ष बैबाहिक जीवनमा बाँधिने भएकी छन् । लामो समयदेखि दिपेक्ष्य राणाको प्रेममा रमाइरहेकी उनले आउँदो मंसिरमा लगनगाँठो कस्न लागेकी हुन् । तर, विवाहको मिति भने सार्वजनिक गरिएको छैन । उनका प्रेमी दिपेक्ष्य राजधानीमा रहेको लबिम मलका म्यानेजर हुन् ।

ऋचाले घरजम बसाउनु पूर्व आफ्ना केही नजिकका साथीहरुलाई ब्याचलर पार्टी दिएकी छन् । उनले पोखरामा दिएको पार्टीमा अभिनेत्री द्वय प्रियंका कार्की, केकी अधिकारी, फेसन डिजाइनर सिवांगी प्रधानलगायत उपस्थित थिए । जहाँ प्रियंका र केकी दुलहीझैँ सिंगारिएकी ऋचाको हात समात्दै देखिएका छन् । भने, ऋचा पनि निकै खुसी मुद्रामा देखिएकी छन् ।

अभिनेत्री ऋचाले केही समयदेखि आफूलाई परिवारबाट विवाहका लागि प्रेसर आइरहेको र अब आफू पनि तयार रहेको बताउँदै आएकी थिइन् । हालसालै उनले विवाहको विषयमा मिडियासँग कुराकानी गर्दै चाँडै प्रेमीलाई कुनै कार्यक्रममार्फत् सार्वजनिक गर्ने उद्घोष गरेकी थिइन् । तर, अहिलेसम्म उनी प्रेमीसँग कुनै सार्वजनिक कार्यक्रममा भेटिएकी छैनन् ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…