यस कारण घट्यो निशानको भोट

३ भदौ, काठमाण्डौ  / नेपालको पहिलो टेलभिजन कार्यक्रम नेपाल आइडलमा उत्कृष्ठ पाँच जनाको सुचि तयार भएको छ । शुक्रबारबाट सुरज थपा बाहिरिएपछि नेपाल आइडलमा उत्कृष्ठ पाँचको सुचि तयार भएको हो । नेपाल आइडलमा निकै चर्चा कमाउन सफल सुरज बाहिरिनुभएको छ भने उपाधीको दाबेदा मानिएका निशान भट्टरलाई संकट टार्न हम्मे हम्मे परेको छ । निशान डेन्जर जोनमा परेर पनि उत्कृष्ठ पाँचमा पर्न सफल हुनुभएको छ । सुरज थापा, सुजता पाण्डे र निशान भट्टराई डेन्जर जोनमा परेका थिए । जसमा सुरजको नेपाल आइडल यात्रा समाप्त भयो । निशान डेन्जर जोनमा पर्नु अनि सुरज आइडलबाट बाहिरिनु यस्ता घटना क्रमले सामाजिक सञ्जालमा अनेक थरीका टिका टिप्पणी हुन थालेका छन् ।

निशानको भोट किन कम ?
यो सँगै नेपालकै सान भनेर चिनिएका निशानको भोट किन कम आयो भन्नेमा पनि चर्चा चल्न थालेको छ । निशानको जन्मभुमी पुर्वी नेपाल बाढी र डुवानको चपेटामा परेको छ । निशानको आफ्नै घर पनि डुवानको परेका समाचार सञ्चार माध्यममा आइरहेका छन् । यस्तो परिवेशमा निशानले समाजिक संञ्जाल फेसवुकमा स्टाटस लेख्दै पहिला आफु सुरक्षित रहन आह्वान गर्नुभएको थियो । वाढी, डुवानको समस्या र भोटको विषयलाई जोडेर उहाँले लेखेको स्टाटसबाट उहाँका समर्थकको मन रोएको थियो ।

निशानलाई सुरु देखीनै भोट गरेर नेपाल आइडलको यो उचाइसम्म पु¥याएका धेरै समर्थक अहिले बाढी र डुवानको चपेटामा परेका छन् । उहाँको छिमेकी जिल्ला झापाका राजु प्रधान भन्नुहुन्छ ‘निशानलाई दिने भोट पुर्वी नेपालबाट कम भएकै होला, अहिले आफ्नै जिउ ज्यानको सुरक्षा गर्नुपर्ने बाध्यता छ यताको’ राजु प्रधानका अनुसार निशान बटम थ्रिममा परेर बालबाल बचेको घटनाले पुर्वी नेपालका धेरैको मन थप रोएको छ ।

 

त्यसोत निशानका समर्थक पुर्वी नेपालमा मात्रै नभएर देशविदेसमा पनि रहेका छन् । अध्यनको क्रममा जापानमा रहेको कमल चौधरी अनलाईनटिभिसँग भन्नुहुन्छ ‘उसलाई जिताउन हामीले सकेको भोट गरेका छौ’ चौधरीलाई नेपाल आइडलको पछिल्लो घटनाक्रम चित्त बुझेको छैन । ‘निसान नेपाल आइडलको उपाधी नजिक छन्, हामी जस्तै सबैले साथ दिएकाले पनि नेपाल आइडलमा उनको विकल्प छैन’ नेपाल आइडलको उपाधी दिलाउने अभियानमा लागेका उहाँका सर्थक थप हौसिएका छन् ।

‘बाढी र डुवानले नेपाललाई रुवाएको थियो’ शिसानको सानिआमा टिका दाहालले भन्नुभयो ‘निशान वटम थ्रि मा परेको घटनाले थप दुखी बनाएको छ ।’ तर पनि निशानले उपाधी जित्नेमा उहाँ ढुक्क हुनुहुन्छ ।

निशानको वास्तविकता
निसान भट्टराई नेपाल आइडलमा सबैले रुचाएको नाम हो । चकलेटी अनुहार, अनुहार सुहाउँदो दारी, मिठासपुर्ण बोली, सबैसँग मिल्ने बानी जस्ता कारणले निसान सानैदेखी सबैका प्रिय थिए । नेपाल आईडल सम्म आइपुग्दा उनको लोकप्रियता थप बढ्दै गएको छ । विशेष गरी नेपाली गजल गुनगुनाउन मन पराउने निसान संगितमै भविष्य खोजी रहनुभएको छ ।

वि.स. २०५३ सालमा पुर्वी नेपालको मोरङ्गमा उहाँको जन्म भएको हो । पिता नित्यानन्द भट्टराई र रेनुका भट्टराईको कोखबाट दोस्रो सन्तानको रुपमा उहाँको जन्म भयो । मोरङ्गको उर्लावारीमा जन्मनुभएका निसानले स्थानिय भृकुटी मोडल एकाडेमीबाट आफ्नो अध्ययन सुरु गर्नुभयो । उहाँको संगितको यात्रा पनि भृकुटी मोडलबाटै सुरु भयो । सानै देखी उहाँ आफुलाई प्रिय लाग्ने गित गुनगुनाउने गर्नुहुन्थ्यो । परिवारका अनुसार निसानले सबै प्रकार गित गाउनुहुन्छ अझ विसेष गरी उहाँको आवाज गजल सुहाउँदो छ । निसानको तोतेबोलीमै जादुमय संगित भरिएको हुन्थ्यो ।

निसानले मनबाटै गाउँछन् । उनले सबै प्रकारका गित संगितलाई अन्याय नगरी आवाज दिन्छन् । उहाँ नजिकका साथीहरु भन्छन् । निसानलाई उहाँको परिवारले पनि सांगेतिक वातावरण बनाइदिएको छ । भृकुटी मोडलमा अध्ययन गर्न थालेपछि उहाँको संगित यात्राले थप तिव्रता पायो । उहाँले १२ ÷१३ वर्षको उमेरबाटै स्थानिय बिहानी कला केन्द्रमा संगित अध्ययनको श्रिगणेश गर्नुभयो । बिहानी कलाकेन्द्रले उहाँको क्षमतलाई थप स्तरिय बनायो ।

संगितमानै रमाईरहने भएपछि निसानको लागी बिद्यालयमै पहिलो पटक संगित कक्षाको व्यवस्था ग¥यो । उहाँको क्षमतालाई थप स्तरिय बनाउनमा संगितका गुरु बिसाल राईको योगदान विसेष रहेको बिद्यालय प्रशासनको भनाई छ । बिद्यालयले आफ्नो लागी अलग्गै कक्षको व्यवस्था गरिदिएपछि निसानलाई आफुभित्र भएको क्षमताको पहिचान भयो । उहाँले पाँच वर्षसम्म बिहानी कला केन्द्रमा अध्ययन गर्नुभयो । वि.स. २०६९ सालमा प्रवेशिका परिक्षा उत्तिर्ण गर्नुभएका निसानले प्लस टु सम्मको अध्ययन पनि भृकुटीबाटै पुरा गर्नुभयो ।

व्यवस्थापन संकायबाट उच्च शिक्षाको अध्ययन सुरु गर्नुभएका निसान आफ्नो सँगै संगितको पनि भविष्य खोज्दै काठमाण्डौ हानिनुभयो । अहिले स्नातक तहको अध्ययन काठमाण्डौकै शंकरदेवमा गरिरहनुभएको छ । संकरदेवको औपचारिक अध्ययनसँगै मुर्रछना संगित बिद्यालयमा निसानले आफ्नो भविष्य खोज्दै हुनुहुन्छ । भविष्य खोज्ने दौडमा उहाँको पाइला नेपाल आइडलमा प¥यो । निसानले नेपाल आइडल सम्मको यात्रा तय गर्नुमा उहाँका संगित गुरु मनोजराज शिवाकोटीको हात मुख्य रह्यो । अहिले उहाँले भविष्यको करिडोर कोर्ने क्रममा नेपाल आईडलमा संघर्ष गर्दैहुनुहुन्छ ।

पुर्वी नेपालमा जन्मिएर राजधानी काठमाण्डौलाई जिवन रुपान्तरणको इपिसेन्टर बनाउने योजनामा रहनुभएका निासलाई नेपाल आइडलमा सबैको प्यार मिलेको छ । निसाननै नेपाल आइडलको विजेता बन्नेमा उहाँ नजिकका ढुक्क छन् । उहाँका साथीहरुका अनुसार, निरन्तरको अभ्यास र दर्शक श्रोताको मायाको कारण उहाँ उपाधी नजिक हुनुहुन्छ ।

निसानलाई सम्मानजनक मतका साथ बिजयी बनाउन तँपाई हामी सबैले उहाँको पक्षमा मत दिन पर्छ । जसका लागी मोवाईलको म्यासेज बक्समा गई ०७ टाईप गरेर ३५२२५ मा पठाउन पर्ने हुन्छ । स्वदेशमा रहेकाले हरेक बिहिबार राती पौने ९ बजेदेखी शुक्रबार १२ बजेसम्म भोटिङ्ग गर्नुपर्ने हुन्छ । विदेशमा रहेकाले भने नेपाल आइडलको आधिकारीक एप्लिकेशन डाउनलोड गरी भोट गर्न सक्नेछन् । जादुमय स्वरका धनी निसानलाई जितको लागी अग्रिम शुभकामना ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…