यस्तो रहेछ दीपाश्रीले विहे नगर्नुको कारण

काठमाडौं । दीपाश्री दिपकराजलाई स–सानो कुरामा केयर गर्छिन् । दिपकराजले पनि उसरी नै केयर गर्छन् । हिजोआज त पशुपतिको डाँडामा ध्यान गर्न पनि एकाबिहानै सँगै पुग्छन् । उनीहरुको मित्रताको डोरी निकै बलियोसँग गाँसिएको छ । कतिबेला को कहाँ छन् भनेर अपडेट भइरहेका हुन्छन् उनीहरु । यति लामो समयम्म सम्बन्ध टिकिराख्नुको कारण बताउँछन् दीपकराज, ‘एक त हामी लेडिज जेन्स भएकाले प्रगतिप्रति कसैको इर्ष्या हुँदैन ।अर्को कुरा हामीमा पारदर्शिता छ ।’ उनीहरु एक अर्कालाई निकै माया गर्छन् । दीपाश्री भन्छिन्, ‘हामीले बिहे गर्ने माया गरेका होइनौँ । तर, म उसलाई गहिरो माया गर्छु । दुःख नपाओस् भन्ने लाग्छ । सहयोग गरिरहुँजस्तो लाग्छ । मैले भन्दा अझ बढी उसले माया गर्छ ।’

दीपकराजलाई पनि त्यस्तै लाग्छ । साँच्चिकै भन्दा उनीहरु ‘डिप लभ’मा छन् । एकअर्कालाई भित्रैदेखि माया गर्छन् । अब दीपाश्री बिहे नगर्ने मुडमा पुगिसकेकी छिन् । अब कसैको पर्फेक्ट श्रीमती बनेर बस्न सक्दिनँ जस्तो लाग्छ दीपाश्रीलाई । अब दीपाश्रीको शब्दकोषमा बिहे भन्ने शब्द नै छैन रे ! ‘मलाई जीवनमा दीपकबाहेक अर्को व्यक्तिले आकर्षित नै गरेन,’ उनी भन्छिन् । तर, दीपकराजको तर्क अर्कै छ । भन्छन्,‘मेरोभन्दा करिअरको बढी माया गर्छिन् उनी ।’ नयाँ पत्रिकाबाट

 

यस तथ्यमा कसैको पनि दुईमत हुन सक्दैन कि, कुनैपनि परिवर्तनकारी पक्षको अन्तरनिहीत शक्ति उसको जनादेशको भावनामा लुकेको हुन्छ। यदि जनादेशको संरचना जातीय प्रतिनिधित्व प्रकारको छ भने जातीय हितको सम्बद्र्धन नै त्यस पक्षको मूलभूत ध्येय हुनेछ।

योगेश दाहालबाट थप

एउटा अनौठो गाउँ- जहाँ हरेक ब्यक्ति करोडपति, तर गाउँ छोड्दाको दिन रोडपति

जिप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

स्वास्थ्य चौकीमा औषधि अभाव

म्याग्दीमा बाख्रापालन

ट्रम्पद्धारा ‘चिफ अफ स्टाफ’ परिवर्तन

म्याजिक भ्यान पल्टियो

सिआइबीले प्याउली घट्नाको अनुसन्धान थाल्यो

जिउँदो मानिसलाई मृत भन्दै दाहसंस्कार गर्न पशुपति आर्यघाटमा पुर्‍याएपछि…(भिडियो सहित)

गाईघाट दिक्तेल सडकखण्डको बरुवा नदीमा पुल निर्माण सम्पन्न

नवलपरासीमा बस दुर्घटना हुँदा ३२ जना घाइते

तपाईको प्रतिक्रिया