यस्ताे छ स्ट्याण्ड अप कमिडीको प्रोमोस्नल इभेन्ट (भिडीयो सहित)

इटहरी /  प्रदेश नं १ मै पहिलो पटक व्यवसायिक रूपमा स्ट्याण्ड अप कमिडीको क्षेत्रमा अघी बढ्दै आएको राउडीजम् इन्टरटेन्मेन्ट हाउसले अन्ततः राउडी द स्ट्याण्ड अप कमिडीको स्कुल ∕ कलेज प्रोमोस्नल ईभेन्ट २०७६ सुरु गरेको छ ।

राउडीजमले सुन्दरहरैँचा तथा बेलवारी नगरपालिका भित्र रहेका बाल प्रतिभा, सिद्धार्थ, ब्राईट फ्युचर, इन्द्रपुर तथा शिक्षा सन्देश उच्च मा . वि. मा आफ्नो कमिडी सो प्रस्तुत गरी सकेको छ भने प्रदेश नं १ मा रहेका अन्य विभिन्न बोर्डिङ्ग स्कुल तथा कलेजहरूमा आफ्नो कमिडी सो लगिने जानकारी यस कम्पनीका सञ्चालक नवीन काजी बस्नेतले दिएका छन् ।

अर्का सञ्चालक करण चौहानका अनुसार हाँस्नको लागि छाडा शब्द प्रयोग गरिएका अन्य कमिडी सो भन्दा फरक धार बोकेको यस राउडीजमले झर्रा नेपाली शब्द चयनलाई प्रयोग गरेर दर्शकहरूलाई हसाँउने गरेको छ । बाल प्रतिभा उच्च मा।वि। का प्राचार्य गणेश दाहालका अनुसार, यस राउडीजमको सो ले आफ्ना विद्यार्थीहरू भित्र रहेको क्षमतालाई प्रस्फुटन गराउन निकै मदत गरेको बताएका छन् ।

सधैँ पढाईको बोझ बोक्ने विद्यार्थीहरुलाई बेलाबेलामा यस्तो इन्टरटेन्मेन्ट सो पनि चाहिने जसले गर्दा उनीहरुको माइन्ड फ्रेस भईरहने भनाई ब्राईट फ्युचर उच्च मा. वि. का प्राचार्य टिकाराम ढकालले व्यक्त गरेका छन् । शिक्षा सन्देश उच्च मा. वि. का प्राचार्य राजेश खत्रीका अनुसार, राउडीजम्ले विद्यार्थीहरुलाई मात्र नभएर शिक्षकहरुलाई समेत भरपुर मनोरञ्जन प्रदान गरेको छ, यस सो लाई अझै बृहत रुपमा फैलाउनको लागि प्रायोजकहरुको निकै जरुरत परेको बताएका छन् ।

यस प्रोमोस्नल ईभेन्टमा राउडीजम्का कलाकारहरु हेमन्त पराजुली, डिल्लीराम ओझाले आफ्नो प्रस्तुती दिएका थिए । प्रत्येक बिहीवार साँझ ६ः०० बजे युट्युब च्यानल मार्फत भिडियो अपलोड गर्दै आएको राउडीजम् कम्पनीले प्रत्येक शुक्रवार आफ्नै कार्यालयमा अडिसन खुलाई रहेको छ ।

तपाईको प्रतिक्रिया

Loading…