यसरी टुङ्गियो  निर्माता सुनिल र नायिका श्यारोन बिचको बिबाद

श्रावण ९ , ईटहरी / यो साता सिने नगरीमा एक खबरले निकै ब्यापकता पायो ।  कुरा सबैमा अबगत नै छ, निर्माता सुनिल रावल माथि नायिका श्यारोन श्रेष्ठ ले लगाएको Sexula Harassment  अर्थात यौनिक उत्पीडनको लाल्छना । अहिले आएर यो कुराको समाधान भएको छ । चलचित्र सायद २ का निर्माता तथा नेपाल चलचित्र निर्माता संघका सदस्य समेत रहेका सुनिल रावल लाई केहि दिन अगाडि पत्रकार सम्मेलन गरेर सायद २ का नायिका श्यारोन श्रेष्ठले यस्तो आरोप लगाएकी थिइन् ।
मिडियाको लागि निकै राम्रो गसिप समेत बनेको थियो यो बिषय । धेरै बाट धेरै किसिमका कुराहरु बाहिर आए । अब भने यो कुराले आजबाट बिट मारेको छ । आज यो बिषयमा दुवै पक्षको पारिवारिक सदस्यहरुको उपस्थिति, चलचित्र निर्माता संघका अध्यक्ष श्री आकाश अधिकारी र चलचित्र कलाकार संघका अध्यक्ष श्री राम केशर वोगटी लगायत सम्बन्धित पक्ष र चलचित्रकर्मीहरुको उपस्थितिमा कागजी प्रक्रिया पुरा गर्दै आगामी दिनमा दुवै पक्ष, सुनिल रावल र स्यारोन श्रेष्ठ बीच अर्काको व्यक्तिगत र व्यवसायिक जिवनलाई लिएर दुवै जनाको मानमर्दनमा आचआउने खालको अभिव्यक्ति नदिने र नगर्ने सहमति गर्दै कलाकार संघमा भएको छलफलबाट यो बिषयलाई आज टुंगो लगाईएको हो ।

तपाईको प्रतिक्रिया