यसकारण सलमानसँग फिल्म खेल्न मानेनन् अमिताभ

एजेन्सी / हिन्दी चलचित्र ‘रेस ३’ सलमान खानसँग अभिनय गर्न अमिताभ बच्चनले अस्वीकार गरेका छन् । रेमो डिजुजाको निर्देशनमा बन्न लागेको साे चलचित्रमा  अमिताभको यो निर्णयपछि सलमान ऐश्वर्याको सम्बन्धलगायत अनेकन अड्कलबाजी गरिए पनि ती चर्चाहरू वाइयात भएको निर्देशक रेमोले स्पष्ट पारेका छन् ।

सलमान र ज्याकलिनको जोडी पक्का भइसकेको यो चलचित्र र अमिताभ अभिनीत चलचित्र ‘झुन्ड’को छायांकन एकै समयमा परेकाले अमिताभले काम गर्न नसकेको दाबी गरिएको छ।

तपाईको प्रतिक्रिया