यसकारण रिसाए श्रद्धा र आत्दिय कपिल शर्मासँग

एजेन्सी  । सोनी टेलिभिजनबाट प्रशारण हुने चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ लोकप्रिय शो हो । जसमा बलिउड कलाकारहरुको फिल्म प्रमोसनको थलो शुद्ध मानिन्छ । यहि फिल्म प्रमोसनमा पुगेका अभिनेता आदित्य रोय कपुर र अभिनेत्री श्रद्धा कपुरलाई कपिल शर्माले धेरै बेर पर्खाएपछि उनीहरु रिसाएका छन् ।

उनीहरुलाई बेलुकी ४ बजेको समयमा बोलाइए पछि समयमै सुटिङ स्थलमा पुगेका थिए । तर, कार्यक्रमका संचालक कपिल शर्मा नै सेटमा उपस्थित थिएनन् । यि दुइले करिब ५ घन्टा कुरेपछि बेलुकी ९ बजेमात्र कपिल सेटमा पुगेका थिए । जसका कारण आदित्य र श्रद्धा कपिलसँग नराम्रो सँग रिसाएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

Loading...