यसकारण छाडेका रहेछन् अलि अस्गरले कपिल शर्मा शो

कपिल शर्मा शोमा नानीको भूमिका देखा पर्ने हास्य कलाकार अलि अस्गरको उक्त शोलाई छोड्ने निर्णयले लाखौँ दर्शकहरुलाई दुःखी तुल्याएको छ । केही समयअघि शोका कलाकारहरु कपिल शर्मा र सुनिल ग्रोभरबीचको विवादास्पद घटनाले उक्त कार्यक्रमबाट कलाकारहरु निस्कने क्रम जारी रहेको वेला अलिले पनि कार्यक्रम छोड्ने निर्णय गरेका छन् ।

तर, उनले त्यस्तो निर्णय सुनिल ग्रोभरको निम्ति कपिल शर्माको कारणले नलिएको बताएका छन् । कपिल शर्मासँग उनको कुनै गुनासो छ कि भन्ने मिडियाको प्रश्नमा उनले कपिलसँग उनको कुनै प्रकारको गुनासो नभएको बताएका छन् । उनले कपिलसँग आफ्नो कलाको प्रकृतिमा मात्र फरक रहेको बताएका छन् । उनले आफूले कपिल शर्माबाट समय व्यवस्थापनबारे धेरै कुरा सिकेको भन्दै शोको दौरान आफूहरुबीच धेरै मिठा अविस्मरणिय क्षणहरु रहेको बताएका छन् ।

उनले उक्त शोमा आफ्नो भूमिका निस्क्रीय किसिमको रहेको र यसले आफ्नो कला विकासमा खासै सुधार नल्याएको र यसले कला क्षेत्रमा आफ्नो लागि राम्रो ठाउँ बनाउन नसक्नु नै आफूले शो छोड्नुको मूख्य कारण रहेको बताएका छन् । हाल उनी सुनिल ग्रोवर र कृष्ण अभिषेकसँग नयाँ शोमा देखा पर्ने तयारीमा छन् ।एजेन्सीको सहयोगमा

 

तपाईको प्रतिक्रिया

Loading…