यसकारण केहि समयका लागि सिनेमाबाट छुट्टी लिदैंछिन् क्याटरिना


पछिल्लो समय सलमान खानसँग ‘भारत’मा जोडी बाँधेकी क्याटरिना कैफले केहि दिनका लागि सिनेमाबाट छुट्टी लिने भएकी छन् ।

यही आउँदो १६ जुलाईमा उनले आफ्नो ३६ औं जन्मदिन मनाउँदै छिन् र उनले त्यसको पूरा योजनासमेत बनाइसकी छिन् ।

हालै उनी रोहित शेट्टीको निर्देशनमा बनिरहेको ‘सूर्यवंशी’मा अनुबन्धित भएकी थिइन्। सिनेमामा उनी अक्षय कुमारसँग देखिनेछिन् ।

क्याटरिनाले आफ्नो जन्मदिन आफ्ना बहिनीहरू तथा सातीहरूसँग साधारण तरिकाले बाहिर कतै गएर मनाउने योजना बनाएकी छिन् ।

उनले राम्रो ठाउँमा गएर मोजमस्ती गर्ने योजना रहेको सुनाएकी छिन्। उनले यसैका लागि केहि दिनको छुट लिन लागेकी हुन् ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…