‘मोडल हन्ट जनकपुर २०१९’को पहिलो अडिशन सम्पन्न

जनकपुरधाम / अन्तर्राष्ट्रिय स्तरको मोडलिङ प्रतियोगिता “मोडेल हन्ट जनकपुर २०१९ ” जनकपुरधाममा हुने भएको छ । जनकपुरधामको होटल क्राउन प्लाजामा “मोडेल हन्ट जनकपुर २०१९ ”को पहिलो अडिशन सम्पन्न भएको छ । जनकपुरधाममा शनिबार भएको पहिलो अडिसनमा जम्मा ५० जनाको सहभागी रहेको थियो । अडिशनको प्रमुख अतिथिको रुपमा रहनुभएको सहिदनगर नगरपालिकाका मेयर उदय बर्बरियाले मोडल हन्ट जस्ता कार्यक्रम जनकपुरधाममा पहिलो पल्ट हुन् लागेको यसमा हाम्रो नगरपालिका र आफ्मो व्यक्तिगत तर्फबाट हुने जति सहयोग गर्ने बताए ।

जेष्ठ १८ गते महोत्तरीको बर्दिबास स्थित होटेल पन्चधुरामा दोश्रो अडिसन हुनेछ । त्यस्तै अन्तिम अडिसन पुनः जनकपुरधामको होटेल क्राउन प्लाजामानै जेष्ठ २५ गते हुनेछ । अन्तीम चरणका प्रतियोगी छनौट पश्चात् ब्यक्तीत्व बिकास सहित मोडलिङ सम्बन्धि ईन्टरनेशनल कोरीयोग्राफर सुजित शाक्य बाट समेत ट्रेनिङको अवसर समेत प्राप्त गर्नेछन् भने प्रतियोगीलाई फेसन तथा मोडलिङ सम्बन्धि १ महिने ट्रेनिङको अवसर समेत उपलब्ध हुनेछ । ट्रेनिङ पश्चात् विभिन्न चरणका छनौट चरण पार गरेर प्रतियोगी मध्यबाट एक जनाले मोडल हन्ट २०१९ को उपाधी पाउने छन् ।प्रतियोगिताको बिजेताले १ लाख राशिको पुरस्कार सहित २०१९ मै भारतमा हुने मिस्टर एण्ड मिस मोडल वर्ल्डवाइडमा सिधा सहभागी जनाउन पाउनुका साथै युएसए र फिलिपिन्समा हुने मोडल सम्बन्धि प्रतियोगितामा सहभागीता जनाउने अवसर प्राप्त गर्ने छन् ।

त्यस्तै प्रतियोगितामा `फेस अफ मोडेल´ को बिजेताले मोडल हन्टको एक बर्षे ब्रान्ड एम्बेसडर सहित मिस जनकपुरको उपाधी समेत हात पार्नेछिन ।फेसन तथा मोडलिङमा लाग्न चाहाने वा यसैमा भबिष्य बनाउन चाहने युवा युवतीको लागि आफ्नै शहरमा आयोजना हुन लागेको मोडल हन्ट प्रतियोगितामा सहभागीता जनाउन प्रतियोगिताका आयोजक संस्थाका जनकपुरधाम प्रमुख बिक्रम आदित्य महासेठले आग्रह गरे । आफू पनि यहि प्रतियोगिता बाट मोडलिङ करीयर सुरुवात गरेको जनाउँदै मोडलिङ सम्बन्धि यो लेभलको प्रतियोगिता जनकपुरधाममा पहिलोपटक आयोजना भएको समेत जनाए ।

तपाईको प्रतिक्रिया

Loading…