मोडलिङमा भबिष्य खोज्दै मनिषा (फोटो फिचर सहित)

ईटहरी/ युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत धेरै बढेको छन । युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिदै गएको छ । त्यस्तै मोडल/नायिका बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर सुरु गरेकी नब मोडल हुन् मनिषा सापकोटा । नृत्य तथा अभिनयमा पोख्त मोडल मनिषा सापकोटा सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन ।

चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो । उनी मेहनतका साथ अभिनय र कलालाई अँझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन । काठमाडौँ धुम्बाराहीको स्थायी बासिन्दा मनिषा सापकोटा बिगत २ बर्ष देखि यस क्षेत्रमा आबद्द रहेर ब्यबसायिक मोडलको रुपमा आफुलाई निखार्दै आएकी छिन ।

हेर्दा पनि निकै आकर्षण मोडल मनिषा, हासिरहने शालीन स्वभावकि छिन । मनिषा यदि राम्रो चलचित्र, म्युजिक भिडियोहरूमा अफर आएमा आफू अभिनय गर्न तयार रहेको बताउछिन । सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने मनिषा अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न कोशिशरत छिन । केहि म्युजिक भिडियोमा अभिनय गरि सकेकी मनिषाले टिभि एड, टेलिसिरियलहरुमा समेत अभिनय गरिसकेकी छिन ।

Purbeli TV

तपाईको प्रतिक्रिया