मेरो सपोर्ट राम्रो गाउनेलाई हो, कुनै जाति विशेषलाई होइन : रामकृष्ण ढकाल (भिडियो सहित)

यति बेला गायक रामकृष्ण ढकाल विवादमा मुसिएका छन् । एपि वान टेलिभिजनबाट प्रसारणमा आउने चर्चित रियालिटी सो नेपाल आइडलमा गत शुक्रवार ढकाल अतिथि जजको रूपमा गएका थिए । उक्त कार्यक्रममा ढकालले प्रतिस्प्रर्धी बारेमा बोलेको कारण उनी विवादमा मुसिएका हुन् । उनले आफूलाई मनपर्ने प्रतिस्प्रर्धी निशान भट्टराई र प्रताप दास रहेको बताएका थिए ।

त्यसको साथै सोमा राम्रो गाउनेलाई अवसर दिनु पर्ने अभिव्यक्त्ति राखे सँगै उनको विरोध भएको हो । सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले ढकाललाई गाली गरिरहेका छन् । उनी जस्तो वरिष्ठ गायकले एउटा प्रतियोगितामा गएर पक्षपाती ढङ्गले भोट माग्ने आशय व्यक्त गर्नु जायज नभएको उनीहरूले बताएका छन् । रामकृष्ण ढकालसँग सिनेपाटीले कुरा गर्दा आफूले कहिले पक्षपाती रूपमा नबोलेको बताएका छन् ।

उनी भन्छन् ‘मैले कुनै जातभातलाई लिएर त्यस्तो कमेन्ट गरेको थिइन् । म सबैलाई सम्मान गर्छु । सायद लाग्छ मैले कसैको लागी नराम्रो बोलको थिइनन् । ’ उनी थप्छन् ‘मेरो बोलीले यति ठुलो हलचल गर्ला जस्तो लागेको थिएन । यदि यतिधेरै विवाद हुने थाहा भएको म बोल्दिन थिए होला । टप ५ मा पुग्ने सबैलाई मेरो शुभकामना छ । राम्रो भन्दा नि उत्कृष्टलाई दर्शकले छान्नु हुन्छ ।’ आफूले सधै राम्रो गाउनेलाई प्रोत्साहन गर्ने बताउने ढकालले जातभातको कुरा नउठाउन आग्रह गरे ।

सिनेपाटीबाट

तपाईको प्रतिक्रिया

Loading...