मेरिल्याण्ड कलेजमा एड्रिन प्रधानले नचाए !!

 बिराटनगर ।बिराटनगरमा मंगलबार साझ नेपालका चर्चित गायक एड्रिन प्रधान सहितको ब्याण्डको बिशेष प्रस्तुतिले माहोल संगीतमय बनेको थियो । बिराटनगर – ५ स्थित बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा संचालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजमा यस वर्ष पनि दशैँ विशेष कार्यक्रम आयोजना भएको छ ।
कलेजका बिबिएम अध्यनरत ३५० भन्दा बढी बिद्यार्थीहरुका लागि दशैँमा विशेष कार्यक्रम आयोजना गरिएको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहालले जानकारी दिए । सोहि दशैँ विशेष कार्यक्रममा नेपालका चर्चित गायक एड्रिन प्रधान सहितको ब्याण्डको बिशेष प्रस्तुति रहेको थियो साथै कलेजका बिद्यार्थीहरुको गायन तथा नृत्य , बिभिन्न खेल र खानाका स्टलहरु राखिएको थियो ।
दुई घण्टा लामो  एड्रिन प्रधानको कार्यक्रममा कलेजका बिद्यार्थी , शिक्षक तथा अतिथिहरुले संगीतको भरपुर
मनोरञ्जन लिएका थिए । नेपालीहरुको महान चाड बडा दसैँको अवसरमा बिद्यार्थीहरुका लागि मनोरंजन साथै आफ्नो प्रतिभा देखाउने माध्यमको रुपमा कार्यक्रम हुन लागेको कलेजले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...