मिस पुर्वान्चल २०१७ का प्रतिस्प्रधीहरुको ट्यालेन्ट सो सम्पन्न

धरान / आगामी असोज ६ गते धरानमा आयोजना हुने नेपाल आइस नेचुरा मिस पुर्वान्चलको आठौ संस्करण अन्तर्गतको महत्वपूर्ण सब ( टाइटल मिरिंडा मिस ट्यालेन्ट को आइतबार बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान स्थित अडीटरियम हलमा सम्पन्न भएको छ ।

मिस पुर्वान्चल २०१७ को फाइनल प्रतिस्प्रधामा छनौट भएका १९ जना प्रतिस्प्रधी हरुले बेगला बेग्लै कलाहरू प्रस्तुत गरेका थिए । काेहीले नृत्य , काेही ले गित र काेहीले कविता प्रस्तुत गरेका थिए ।

गायक नवराम राई।, युरेका स्कुलका निर्देशक सुदिप याल्मो ,गरिमा डान्सका निर्देशक मणि लिम्बु ,संगीत प्रशिक्षक विनायक राई र कृति टिभीका संचार कर्मी तथा प्राध्यापक मोहन श्रेष्ठ निर्णायक रहेको कार्यकर्ममा उद्घोषकद्वय सुरेश राई र इक्सा मादेन ले मिस पुर्वान्चल २०१७ क बिजेताले हंगकंग नेपाली महासंघ को सौजन्यमा हंगकंग भ्रमण को अवसर पाउने जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया