मिस नेवा कोशी ११३७ को फिनाले सम्पन्न : ताज रइसाको शिरमा

विराटनगर । विराटनगरमा पहिलो पटक भएको मिस नेवा कोशी २०१७ को उपाधी राइसा श्रेष्ठले चुमिन् ।शनिबार मध्यरातमा घोषण भएको नतिजाबाट विराटनगरकी प्रतियोगी न. ६ राइसा श्रेष्ठले उपाधीसँगै यमाहा कम्पनीको स्कुटर पनि प्राप्त गरिन् । उनले मिस पपुरलको सव टाईटल पनि प्राप्त गरिन् । त्यसैगरी फस्ट रनरअप आचल ताम्राकार भईन् भने मुस्कान श्रेष्ठ सेकेन्ड रनरअपको ताज पहिरन सफल भए ।

त्यसैगरी मिस क्याटवाक समिन श्रेष्ठ, वेष्ट स्माईल निशु श्रेष्ठ, वेष्ट फिजीक अर्चु ताम्राकार, मिस एथ्लेटिक्स तनिसा ताम्राकार, मिस ट्यालेन्टको उपाधी सिवानी श्रेष्ठ, वेष्ट डे«स र मिस पर्सानालिटी शिखा श्रेष्ठ, र फोटो जेनिक र भिवर्स च्वाईसको सव टाईटल क्यानिजा श्रेष्ठ मिस नेवा कोशी २०१७ का कोरीयोग्राफर जतिन ताम्राकारले जानकारी दिए ।

फाईनलको जर्जमाहरुमा कोरियोग्राफर तथा सञ्चारकर्मी जयन सुब्बा मानन्धर, नायिका तथा मोडल अशिस्मा नकर्मी, नेवा समाज महिलाकी केन्द्रीय अध्यक्ष तथा सञ्चारकर्मी रस्मीला प्रजापती, उद्योगी अविनास बोहोरा, सञ्चारकर्मी सन्देशदास श्रेष्ठ, दिवस सुवेदी, फेशन डिजाईनर शिल्पा निरला कार्की रहेका थिए । कार्यक्रममा नेवारी समुदायको लाखे लान र धिमे बाजा सहित सुरु गरिएको कार्यक्रममा टच डान्स सेन्टरका कलाकारहरु नृत्य सिक्मिबाट आएका कालाकारले वि बक्स प्रस्तुत गरेका थिए भने गायक दिपेन्द्र थापा, सोहन श्रेष्ठ, र मन्जील श्रेष्ठले गीत प्रस्तुत गरी आमदर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

नेवारी सामुदायमा रहेको किशोरीहरुको प्रतिभा प्रस्फुटन तथा युवा पुस्तमा भाषा सस्कृति जर्गेना गराउने उद्देश्यले मन्जिना मुभिज कृएसनले विराटनगरमा पहिलो पटक मिस नेवा कोशी २०१७ प्रतियोगिता गराएको हो ।फाइनलमा १९ जना नेवारी समुदायका किशोरीहरुले फाईनल प्रतियोगीतामा समावेश भएको थिए ।जसमा विराटनगरकी अर्चु ताम्राकार, निशु श्रेष्ठ, कुसुम श्रेष्ठ, समिन श्रेष्ठ, अदिती श्रेष्ठ, शिखा श्रेष्ठ, आँचल ताम्राकार, दिक्षा श्रेष्ठ, प्रतिभा ताम्राकार, तनिसा ताम्राकार, क्यानिजा श्रेष्ठ, नम्रता साही, मुस्कार बज्रचार्य, उनिष्ठा मास्के, राइसा श्रेष्ठ र सिवानी श्रेष्ठले प्रतिस्पर्धा गर्दैछन् ।

त्यस्तै धरानबाट सहीस्ता श्रेष्ठ, साइना ताम्राकार छन भने सुनसरीको दुहबीबाट रिया श्रेष्ठले प्रतिस्पर्धा रहेका थिए । कार्यक्रमको पूर्वका चिर्चित होष्ट नारायण कडरियाले गर्मी वा थकानको कुनै प्रवाह नगरी निरन्तर रुपमा ५ घन्टा उद्घोषण गरेर आम दर्शकको मन जिताउन सफल भएका थिए । भने आवर विराटनगर डट नेट र मकालु टेलिभिजनले प्रत्यक्ष लाईभ गरेको थियो ।

तपाईको प्रतिक्रिया