मिस कलेजको अडिसन शुरु

कलेज लेवलका छात्राहरुको शाररिक र बौदिक सुन्दरतालाई प्रस्फुटन गराउन उदेश्यका साथ आयोजना गरिएको मिस कलेज नेशनलको अडिसन शुरु भएको छ ।
पहिलो अडिसन मंगलबार इटहरीमा सम्पन्न भएको छ । पहिलो अडिसनले २५ जना प्रतिस्पर्धी चयन गरेको छ । आईसिनेमामा सम्पन्न अडिसनमा आयोजनक एरिना टेलिभिजनका प्रबन्ध निर्देशक समिर कार्की, ब्यूटीसियन बिजु श्रेष्ठ, मोडल रोशन श्रेष्ठ र सुभेक्छा कार्कीको निर्णायक मण्डल रहेका थिए । पहिलो अडिसन उत्साहजनक भएको कार्यक्रम संयोजक सन्दिप निरौलाले बताए । पहिलो अडिसनमा धरानका छात्राहरुको पनि सहभागीता थियो ।

निरौलाका अनुसार दोस्रो अडिसन १७ गते बिराटनगर र तेस्रो १८ गते उर्लाबारीमा रहने बताए । मिस कलेज उपाधि जित्नेलाई आयोजकका तर्फबाट स्कुटी, थाईल्याण्ड टुर र भिजे बन्ने अबसर दिइने छ ।

तपाईको प्रतिक्रिया

Loading…