मिस एण्ड मिसेस बिउटिफुल नेपाल २०१६ को ग्रान्ड फिनाले पौष २७ मा

काठमाडौँ : नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्न दक्ष्य इन्टरटेनमेन्टप्रालिले “मिस एण्ड मिसेस बिउटिफुल नेपाल २०१६” को ग्रान्ड फिनाले यहि आउदो पौष २७  मा काठमाडौँको राष्ट्रियनाच घरमा सम्पन्न गर्ने भएको छ । “मिस एण्ड मिसेस बिउटिफुल नेपाल २०१६” मा अहिले मिस ब्यूटीफूल र मिसेजब्यूटीफूलको धमाधम प्रशिक्षण भैरहेको दक्ष इन्टरनेशनल प्रा.लिका प्रबन्ध निर्देशक टेकराज पाण्डेले बताए ।अहिलेसम्म युवति तर्फ २० जना र विवाहित महिला तर्फ ७ जनाले अन्तिम चरणमा प्रवेश पाइसकेका छन ।

प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धिगराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्माबिश्वासलाइ अझ मजबुत बनाइ उनीहरु आत्माबल  बढाउन सहयोग पुर्याएको कुरा आयोजक टेक राज पाण्डेले बताए ।प्रतियोगीहरु प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरु लाइ उपयोगगर्न सबै अहिले ट्रेनीङमा मेहनतका साथ लागि परेका छन् र ताज आफ्नो हातमा पार्नको लागि पनि कडा मेहनतकासाथ आफ्नो प्रतिभालाइ निखारता दिदै छन् ।

कोरियोग्राफर आस्विनी झाले कोरियोग्राफ्री गरिरहेको “मिस एण्ड मिसेस बिउटिफुल नेपाल २०१६” सौदर्य परियोगितादक्ष्य इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको हो र यस प्रतियोगिताका आयोजक चर्चित सौन्दर्यविद टेक राज पाण्डेरहेका छन् । कोरियोग्राफर आस्विनी झाका अनुसार यस सौन्दर्य प्रतियोगीताले नेपाली युवा युवतीहरु बीच व्यक्तित्वविकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामाउनि बिस्वस्त छन् ।

तपाईको प्रतिक्रिया

Loading...