‘माया धेरै पाएर म एकदमै पुल्पुली रहेको थिए’ भन्दै पुजा शर्माले मागिन् माफी

उक्त कुरा जान्नुपर्ने चिज हो, पढेको पनि हो, नत्र अहिले मास्टर गरिरहेको हुन्न थिए होला

इटहरी / लाकडाउनमा सिनेप्रेमी दर्शकहरुको लागि मनोरंजन टुटेन । नेपालि सिने नगरीमा दर्शकले हलमा फिल्म हेर्न नपाए पनि सामाजिक संजालमा कलाकारहरुको गतिविधिलाई नियालेर धेरै नै मनोरन्जन लिए । कोहिले अन्तरबार्तामा बोलि चिप्ल्याएर मनोरंजन दिए भनेर कोहिले आरोप प्रत्यारोप लगाएर मनोरन्जन दिए । गर्छु नै भनेर बोलि चिप्ल्याएका भने होईनन तर, सो कुराले स्वयम् कलाकारलाई नै ठुलो असर पुग्न गयो । बर्षा राउत, दिपाश्री निरौला, पुजा शर्माले लकडाउनमा बोलि चिप्ल्याए भने यहि लकडाउनमै पुजा-शुष्मा, साम्राज्ञी-भुवन एक अर्काप्रति आरोप प्रत्यारोपमा उत्रिए भने दिपाश्रीले महानायक काण्ड मच्चाए ।

यता पुजा शर्मा उक्त विवादपछी पहिलो पटक एक अन्तरबार्तामा देखिएकि छिन । सो अन्तरबार्तामा प्रस्तोताको ‘जिल्ला कतिवटा भन्ने थाहा भयो ?’ भन्ने प्रश्नमा उनले सामान्य चिज भनेर वास्ता नगरेको जस्तो महसुस भयो । यो कुराले आगामी दिनहरुको लागि पाठ सिकाएको बताईंन् । उनले थपिन् ‘म एकदमै पुल्पुली रहेको थिए, किनकि सबैको माया पाईरहेको थिए’ । आफुले कत्ति गालि पाएको र पहिले फ्यान थिए तर अहिले छैन भन्नेहरु पनि आएको उनले भनिन् । पुजा यो लकडाउनमा २ पटक विवादमा फसिन् । सुष्मा कार्कीको २ वर्ष पुरानो अन्तरबार्ता टिकटकमा भाईरल हुदा पुजा मुछीईन, जहा सुष्माले पुजा प्रति लक्षित गर्दै केहि अभिव्यक्तिहरु राखेकी थिइन् ।

जहा पूजाले सबैको साथ पाईंन् तर जिल्ला र अंचल नजानेर बोलि चिप्लिदा भने समर्थकहरु नै उनि माथि खन्नीन थाले । उनि ट्रोलको सिकार बनेसंगै गालीको वर्षा थेगिनसक्नु नै थियो । हालै सार्बजनिक अन्तरबार्ताको एक क्लिपमा आफु पनि मान्छे नै भएकोले कमजोरीलाई पनि स्विकार्दिनु भए अझै राम्रो हुने भन्दै आफ्नो धारणा ब्यक्त गरिन ।

उनले उक्त कुरा जान्नुपर्ने चिज हो, पढेको पनि हो, नत्र अहिले मास्टर गरिरहेको हुन्न थिए होला भन्दै स्पस्टिकरण दिईन । आफ्नो कारणले कतिलाई चित्त दुखेको छ, किनकि नायिका भैसकेपछि सबैकुरा थाहा हुनुपर्छ भन्ने फ्यानको विस्वासमा आफु चुकेको पनि स्विकारिन् । यस्तै कुराकानीको क्रममा उनले नराम्रो कमेन्ट गर्नेलाई आफुले फेक एकाउन्ट नभन्ने भन्दै आफूसंग कमजोरी हुदाहुदै फेक एकाउन्ट भन्न नमिल्ने बताईंन् । उनले थप्दै गालि गर्नु भो भने मैले सिके, अबको दिनमा एकदमै सतर्क हुने भन्दै सबै जनासंग माफी समेत मागिन् ।

तपाईको प्रतिक्रिया

Loading…