माहानायक हमाललाई पारिवारिक शोक

इटहरी / नेपाली फिल्मका चर्चित अभिनेता राजेश हमालका भाई राकेश हमालको निधन भएको छ । भारतको नयाँ दिल्लीमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । अभिनेता हमालका एक मात्र भाई हुन्, उनी ।

कलेजोको समस्याका कारण राकेशलाई केही दिन अगाडि प्लेन चार्टर्ड गरेर दिल्ली पुर्‍याइएको थियो । त्यहाँको ह्याम्स अस्पतालमा उनको निधन भएको हो । राकेशका श्रीमती र दुई छोरा-छोरी छन् । अभिनेता हमाल र राकेशको परिवार राजधानीको एउटै घरमा बस्दै आएका छन् ।

राजेश हमाल अहिले काठमाडौंमै छन् ।राजेश र राकेशको उमेर करिब डेढ वर्षको अन्तर छ । एउटै घरमा बस्ने भएकाले अभिनेता हमाल भाईसँग निकै नजिक थिए । फिल्म दुनियाँभन्दा बाहिर रहेका राकेशको शवलाई दिल्लीबाट ल्याउने विषयमा छलफल भइरहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

Loading…