मन्दिरको सहयोगार्थ एकता साँझको तयारी

सुनसरी / सुनसरीको वराह नगरपालिका १ चतरामा छिन्नमस्ता मन्दिरको सहयोगार्थ १० औं एकता सांगीतिक साँझ हुने भएको छ । देउराली युवा क्लब, वराह १को आयोजना र स्थानीय युवाहरुको सक्रियतामा असोज २६ गते चतरा बस स्टेन्डमा हुने सांगीतिक कार्यक्रममा गायक सुगम पोखरेलको विशेष प्रस्तुति रहने कार्यक्रम संयोजक साजन राईले बताए ।

कार्यक्रममा सुगमसँगै स्थानीय व्याण्ड द कुलजेडर्टले सांगीतिक प्रस्तुति दिने छ । त्यस्तैगरी स्थानीय कलाकारहरुले गीत र नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको स्थानीय शिक्षक उदय ठटालले जानकारी दिए । चाडपर्वको अवसरमा स्थानीयलाई सांगीतिक मनोरञ्जन दिंदै मन्दिरका लागि यस्तो कार्यक्रम आयोजना गरिएको स्थानीय बुद्ध तामाङको भनाई छ । वराह १मा रहेको छिन्नमस्ता मन्दिर ऐतिहासिक भएपनि संरक्षण नहुँदा जीर्ण अवस्थामा पुगेको छ । यो मन्दिरलाई व्यवस्थित गर्न र प्रचार प्रसार गर्न सांगीतिक कार्यक्रम आयोजना गरिएको संयोजक राई बताउँछन् ।

तपाईको प्रतिक्रिया

Loading...