मनोरंजन धमाका कन्सर्टको टिकट इसेवा र फोनपे मार्फत

धरान/ आउँदो जेष्ठ २५ गते शनिबार धरानको पब्लिक स्कुलको मैदानमा अहिलेको चर्चित र्यापर भीटेन – समिर घिसिङ्ग र चर्चित गायिका मेलिना राई प्रस्तुति रहने “सात्विक मनोरंजन धमाका” कन्सर्टको टिकट अनलाइन मार्फत बिक्रीमा राखिएको छ ।  इसेवा  अथवा मोबाइल बेंकिंग एप को फोनपे अन्तर्गतको इभेन्टमा राखिएको निर्देशन अनुसार “सात्विक मनोरंजन धमाका” को टिकट बुक गर्न सकिन्छ ।

यसरी टिकट बुक गर्दा एउटा टिकटमा रु ५० छुट पाइने कार्यक्रम व्यस्थापन गरिरहेको सिल्भर इन्टरटेनमेन्टले जनाएको छ । अनलाइन बुकिङ्गले बजार लिईरहेकोले यसरी पहिलोपल्ट धरानमा छुट सहित अनलाइन टिकट बुकिङ्गको व्यवस्था गरिएको सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठले बताए ।

त्यस्तै आयोजनाकोलागी भब्य तयारी भैरहेको कार्यक्रमको मुख्य प्रायोजक रहेको सात्विक फुड्स प्रा.लि, धरानद्वारा उत्पादित रु २०० बराबरको कुकिज किन्दा समेत “सात्विक मनोरंजन धमाका” को एउटा टिकट सित्तैमा उपहारमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

Loading…