मनिषाको प्रश्न “मनको कुरा मनमै तिमीले किन हो लुकाएको”

मोडल मनिषा सापकोटा र विजय श्रेष्ठ अभिनित नयाँ आधुनिक गीत ‘मनको कुरा मनमै तिमीले किन हो लुकाएको’ चाडै वजारमा आउने भएको छ । मोडल सापकोटाका अनुसार छायाँकन सकेर सम्पादनको काम भइरहेको छ ।

निर्माण टिमले निक्कै मेहनत गरेकाले परिणाम सकारात्मक आउनेमा आफू आशावादी रहेको मोडल सापकोटाले वताउनुभयो । गोदावारीको सुन्दर दृश्यहरुले गीतलाई रोमाञ्चक वनाएको छ ।‘मनको कुरा मनमै तिमीले किन हो लुकाएको’ बोलको गीतको शब्द र आवाज विजय श्रेष्ठको रहेको छ । संगीत जीतेन लेप्चाले दिनुभएको छ ।

मनिसा सापकोटा उदियमान कलाकार हुनुहुन्छ । उहाँले म्यूजिक भिडियोको लागि उनको माग वढेको छ । उनले यो समेत पाँच वटा म्यूजिक भिडियोमा अभिनय गरेकी छिन । एउटा फिल्ममा समेत अभिनय गरि सकेकी मनिषाले छुटटै पहिचानका साथ अन्य फिल्ममा अभिनय गर्ने वताएकी छिन ।

Purbeli TV

तपाईको प्रतिक्रिया