‘मदहोस’मा कशिसको बोल्ड अवतार

इटहरी/ गोल्डेन आई फिलिम्सको ब्यानरमा निर्माण सुरु गरिएको फिल्म मदहोसको अहिले चितवनमा धमाधम छायांकन भैरहेको छ । राजु पौडेलको प्रस्तुती रहेको यो फिल्मलाई एसके अधिकारीले लेखन तथा निर्देशन गरेका छन्, फिल्ममा गित लेखन पनि निर्देशक अधिकारी कै रहेको छ । मदहोसमा दिपेन्द्र कोईराला, श्रृटी भट्टराई, सन्तोष श्रेष्ठ, राजु पौडेल, कशिस दाहाल, रोबोट बडाला, संकर कोईराला, आष्मान तामाङ्ग, दिपक अधिकारी लगायतले अभिनय रहेको छ ।

त्यसैगरि फिल्ममा बिक्रम कार्कीको छायांकन, शकर मर्हजनको द्धन्द, बाबुल गिरि र सन्तोष प्रगाडको संगीत, राजु शाहको नृत्य रहेको छ । यौन हिंशाको शिकारमा परेका युवायुवतीको कथामा बनेको यो फिल्म आगामी मंसीर २८ गतेबाट प्रर्दशन हुने निर्माण पक्षले सिनेम्याक्सलाई बताएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया