भुवनकाे नयाँ गीत ‘छुटिएर म सँग’ सार्वजनिक

इ्रटहरी / पछिल्लाे समय अमेरिका बस्दै आएका गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईकाे नयाँ गीत सार्वजनिक भएकाे छ । अमेरिका जस्तोे व्यस्त ठाउँमा रहेर पनि उनको गीति सिर्जना भने नेपाली संगीत बजारमा आइरहेका छन् ।

सुप्तिहाङकाे ‘छुटिएर तिमीसँग’ बोलको आधुनिक गीत मंगलबार सार्वजनिक भएको हाे । ‘सेन्टिमेन्टल’ भावको उक्त गीत भुवन आफैले संगीत भरेका छन् भने शब्दरचना शान्त राईले गरेका हुन् । गायिका बानिका प्रधानको स्वर रहेका याे गीतलाई भुवनले निकै मेलोडियस बनाएका छन् ।

अनामनगरस्थित गुञ्जन स्टुडियोमा रेकर्ड गरिएको यस गीतको स्टुडियो भिडियो मेकिङमा ल्याएको हो । सांगीतिक क्षेत्रमा चर्चामा रहेकै बेला पारिवारिक कारणले अमेरिका पुगेका भुवनले ‘फुर्सद मिलेको बेला यहाँ पनि गीतसंगीतलाई समय दिने गरेको बताए ।

त्यसो त भुवन अमेरिका पुगेर पनि त्यहाँ थुप्रै स्टेज कार्यक्रमहरुमा देखिदै आएका छन् । नेपाली गायन क्षेत्रमा छुट्टै पहिचान बनाएका भुवनले भने, ‘मलाई गीतसंगीतले मोहनी लगाएको छ । त्यसैले जहाँ भएपनि संगीत मसँगै हुन्छ ।’ उनले निकट समयमै अर्को गीत पनि सार्वजनिक गर्ने सुनाए ।

तपाईको प्रतिक्रिया

Loading…