‘खोर्सानी डल्ले’का गायक भीषण मुकारूङकाे ‘केहीदिन अझै घरमै बसौं’ सार्वजानिक

काठमान्डाै / गायक तथा सङ्गीतकार भीषण मुकारूङ राईकाे स्वरमा रहेकाे ‘केहीदिन अझै घरमै बसौं’ गीत सार्वजानिक भएकाे छ । कोरोना भाईरसका कारण बिश्वनै आतङ्कित बनाईरहेको बेला राईकाे चेतनामूलक गीत सार्वजानिक भएकाे हाे । विपिन किरणको शब्द, धनु ज्ञाङ्मीको सङ्गीत, भीषण मुकारुङ र सङ्गीता रणपयालीको स्वरमा उक्त गीत
बाठमान्डाै स्थित ‘ए प्लस’ स्टुडियोमा रेकर्डिङ गरिएकाे हाे ।

‘अधेरिमा जुन फुल्दा’, ‘चन्द्रमुखी’, ‘मेरो मुटु भन्छ्यौ मलाइ’, ‘खोर्सानी डल्ले’,’धेरै पछि भेटेको’ लगायतका उत्कृष्ट गीतहरूमा आफ्नो स्वर, सङ्गीत दिइसकेका राईले स्रोताहरूको अत्याधिक माया तथा हौसलाका कारण नेपाली सांगीतिक क्षेत्रमा लागिरहनका साथै चेतनामूलक गीत सृजना गर्न आफुलाई प्रेरणा मिलेको बताए ।

किरण कृएसन युट्युब च्यानल मार्फत सार्वजनिक गरिएकाे उक्त गीतमा कोरोनाबाट बच्न अपनाउनुपर्ने सावधानीका साथै अझै केही दिन घरमै बसेर कोरोनालाई पराजित गर्न आग्रह गरिएकाे छ । हेर्नुहाेस् भिडियाे

तपाईको प्रतिक्रिया

Loading…