भारी वर्षाले इटहरीको संगीत यात्रा प्रभावित

इटहरी / आज असोज ११ गते सनिबार साँझ ५ बजे देखि प्रदेश न . १ इटहरीको जनता स्कुलको प्रागनमा हुने सम्पूर्ण तयारीमा रहेको नेपाल आइस प्रादेशिक संगीत यात्रा -इटहरी आजको बिहान देखि दिनभरी नै आएको भारी वर्षाले प्रभावित भएकोले गर्दा उक्त कार्यक्रम हुन सकेन । साउण्ड र स्टेजको सम्पूर्ण तयारी सकिएको र कलाकारहरु मेलिना राई , छेवाङ्ग लामा , एपी शेर्पा लगायतका कलाकारहरु इटहरीमै भएपनि भारी वर्षाले कार्यक्रम संचालन गर्न नसकिएको आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ ।

दशैंको अवसर परेकोले कलाकारहरुको यसपछिको बिजी सेड्युललाई मिलाएर अर्को मिति चाडै सार्वजिनक गर्ने र पुरानै टिकट तथा पासहरु मान्य हुने आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…