भारतीय मिडियाको दुस्प्रचार-“मनिषा कोइरालाको भित्री रहस्य ड्रग्स देखी डिभोर्ससम्म”

एजेन्सी । नेपाली चेली मनिसा कोईरालाको जन्मदिन पारेर भारतीय मिडियाले दुस्प्रचार गर्ने प्रप्रयास गरेको छ । भारतीय अनलाईन दैनीक भास्करले मनिसा कोईरालाको फिल्मी करियर तल झर्नुमा ड्रग्स प्रमुख कारण भएको आरोप लगाएको छ ।उेसको भनाई यस्तो आएको छ  ।

भारतीय चलचीत्रमा एकसमयकी चर्चित नायिका मनिषा कोइराला जो नेपालका पूर्व प्रधानमन्त्री रहेका स्व बिश्वेश्वर  प्रसाद कोइरालाकी नातिनि हुन् ।

सन् १९७० मा नेपालमा जन्मिएकी मनिषाले आज ४७ वर्षमा टेकेकी छिन् । बलिउडमा उनले चलचित्र ‘सौदागर’बाट डेव्यु गरेकी थिइन् । उक्त चलचित्रमा मनिषाले दिलीप कुमार र राज कुमार जस्ता चर्चित कलाकारसँग काम गरेकी थिइन् । मनिषा अभिनित पहिलो चलचित्र हिट भए पछि उनको चर्चा बलिउडमा हुन थाल्यो ।

मनिषाले ‘धनवान’, ‘बम्बे’, ‘अकेले हम अकेले तुम’, ‘मन’, ‘लज्जा’ लगायतका कयौँ सुपरहिट चलचित्रमा काम गरिसकेकी छिन् । चलचित्रमा काम गर्दा गर्दै केही समय पछि उनलाई क्यान्सर भएको खुलासा भएको थियो । क्यान्सर जस्तो रोगलाई निको पारेर मनिषाले यही वर्ष ‘डियर माया’ नामक चलचित्रमा काम गरेकी थिइन् । कमब्याक चलचित्रको रूपमा हेरिएको डियर मायामा मनिषाको कामले प्रशंसा पाएको थियो । तर राम्रो समीक्षा पाएको ‘डियर माया’ले ब्यपार भने राम्रो गर्ने सकेन् ।

भारतीय मिडिया अनुसार कयौँ सुपरहिट चलचित्रमा काम गरेकी मनिषाको करियर ड्रग्स सेवनले बिग्रिएको बताइएको छ । पहिलो चलचित्रबाट नाम र दाम कमाएकी मनिषाले आफ्नो स्टारडमलाई पछिल्लो चलचित्रमा देखाउन नसके पछि उनी तनावमा थिइन् । तनावको कारण नै ड्र्ग्स सुरु गरेको भारतीय मिडियाले लेखेको छ । ड्रग्सको कारण चलचित्र कम पाउन थाले पछि उनको स्वास्थ्य पनि बिग्रिएको जनाइएको छ ।

करियर डाउन भएसँगै उनले केही समय अघि नेपालका एक व्यवसायीसँग लगन गाँठो कसेकी थिइन् । तर उक्त विवाह दुई वर्ष सम्ममात्र रह्यो । डिभोर्स भएसँगै उनले बढी मात्रामा मध्यपान र ड्रग्सको सेवन गरेको बलिउड भास्करले लेखेको छ । यसै कारण पनि उनलाई केही राम्रो प्रोजेक्टबाट निकालि दिएको जनाएको छ । सन् २०१२मा डिभोर्स दिएकी मनिषालाई सोही वर्ष क्यान्सर भएको थाहा भएको थियो । क्यान्सर उपाचारको लागी उनले चार वर्ष लगाएकी थिइन् ।

भारतीय पत्रिका दैनीक भाष्करबाट

तपाईको प्रतिक्रिया