भारतीय अभिनेता ओम पुरीका १० रोचक तथ्य

एजेन्सी। भारतीय अभिनेता ओम पुरीको ६६ बर्षको उमेरमा शुक्रबार निधन भएको छ । गत अक्टोवर १८ मा ६६ बर्ष पुगेका आम पुरीको हृदय घातका कारण मृत्यु भएको बताइएको छ ।

उनले भारतीय बाहेक अन्तराष्ट्रिय स्तरका फिल्ममा पनि अभिनय गरिसकेका छन् । उल्फ, वेस्ट इज वेस्ट, गान्धी, इस्ट इज इस्ट तथा उन्यासमा आधारित फिल्म द थन्डर फूड जर्नी जस्ता हलिउडका फिल्ममा पनि ओमपुरीको अभिनय देख्न सकिन्छ। ।

१. हरियानाको अम्बालामा पञ्जाबी हिन्दु परिवारमा जन्मिएका ओम पुरीको बुवा प्रहरी थिए ।

२. ओम पुरीले पुणेस्थित फिल्म एण्ड टेलिभिजन इन्स्टिट्युटबाट अभिनयमा डिग्री गरेका थिए । त्यो समयमा निकै कम कलाकारले अभिनयमा डिग्री गरेका थिए । त्यसमध्येकै एक साथी र ओम पुरीले एक्सचेन्ज अफर, बोलो राम, महारथी, सुट अन साइट, मेरे बाप पेहेले आपलगायत २७ वटा फिल्ममा सँगै काम गरेका थिए ।

३. ओम पुरीको विवाह नन्दिता पुरीसँग भएको थियो, तर २०१३ मा आएर उनिहरु अलग्गिए । उनीहरुको एक छोरा छ, जसको नाम इसान हो । नन्दिता भन्दा पहिले पनि ओमले सिमा कपूरसँग विवाह गरेका थिए ।

४. ओम पुरीले सन् १९७६ मा फिल्म घासीराम कोटवालबाट डेब्यु गरेका हुन् ।

५. ओमको सबैभन्दा मनपराइएको फिल्म भाभ्नी भाभइ, मिर्च मसाला, धारभी, अर्ध सत्य, सधगती हुन् ।

६. अन्तराष्ट्रिय स्तरको हेलेन मिरेनको उपन्यासमा आधारित फिल्म द थन्डर फुट जर्नीमा समेत उनले काम गरेका छन् ।

७. ओमले प्रतिष्ठित पद्मा श्री पुस्कार र राष्ट्रिय फिल्म अवार्ड सम्मान पाएका छन् ।

८. ओमको दमदार आवाज र अभिनयका धनीको रुपमा चिनिन्छ ।

९. ओमले पाकिस्तानी फिल्म एक्टर इन ल मा पनि अभिनय गरेका छन् ।

१०. ओम पुरीले नरेन्द्र मोदीको प्रशंसा गर्दै सोनिया गान्धीका छोरा राहुल गान्धीलाई प्रधानमन्त्री बनाउन समेत सुझाव दिएका थिए । नेपाली हेडलाइनकाे सहयाेगमा 

तपाईको प्रतिक्रिया

Loading...