भारतको जिटिभीले आफ्नो आठ ओटा टिभी च्यानलमा पहिलो पटक यो नेपाली गीत प्रसारण गर्यो (भिडियो सहित)

ईटहरी/ कमल खत्री र सुमन गुरुङको स्वरमा समावेश ‘झुमा झुमा’ बोलको नेपाली गीतलाई पहिलो पटक जि टिभीले सार्वजनिक गरेको छ । यो गीतलाई जि टिभीले आफ्नो ८ वटा टेलिभिजन च्यानल र आफ्नो युटुब जि म्युजिक बाट प्रसारण गरेको छ । चलचित्र ‘कड्के कमाल के’ मा राजपाल यादव, अर्यन अधिकारि, निता ढुंगाना, दाँया शंकर पाण्डे, बिजय पटकार, राम्चन्द्र अधिकारि, प्रकाश घिमिरे, राडा जङ बहादुरलगायतका कलाकारको अभिनय रहेको छ ।

यस गीतमा कमल खत्री संगीत रहेको छ भने चलचित्र लाई लक्ष्मण सिङ ले निर्देशन गरेका हुन् । चलचित्रलाई एतबारी सिंहले निर्माण गरेका हुन् । चलचित्र आगामी जेष्ठ १० गते नेपाल र भारतमा एक साथ प्रर्दसनमा आउँदै छ ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…