भदाै अन्तिम साताबाट पूर्वाञ्चल सिंगिङ्ग स्टार हुने

धरान / पूर्वाञ्चल बागिनी कला केन्द्रले लगातार रुपमा आयोजना गर्दै आएको पूर्वाञ्चल सिंगिङ्ग स्टारको पाचौ संस्करण आगामी भदौको अन्तिमबाट शुरु हुने भएको छ । केन्द्रले अाइतबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी २०७० सालदेखि शुरु गरेको गायन प्रतियोगिता यस बर्ष पनि निरन्तता दिने जानकारी दिएको हो

‘युवा प्रतिभा गायन, खोजी हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना हुदै आएको सो प्रतियोगितामा पूर्वाञ्चलका १६ जिल्ला र रामेछाप, सिन्धुली, पोखरा र काठमाण्डौ गरी २० जिल्लाका १ हजार भन्दा बढीले प्रतिष्पर्धा गर्ने कार्यक्रमका संयोजक भक्तिराज राईले जानकारी दिनुभयो ।

लुकेको प्रतिभालाई गाउ गाउबाट खोजि गर्ने अभियान अन्तर्गत नै विगत चारबर्षदेखि लगातार रुपमा आयोजना गर्दै आइरहेको र यसपटक भने विकट जिल्ला सोलुखुम्बुबाट भदौ अन्तिम साताबाट अडिसान राउन सुरुवात गर्ने उहाले जानकारी दिनुभयो ।

प्रतियोगितामा पहिलो स्थान ल्याउन गायकलाई नगद ५० हजार, दुई वटा गीत निःशुल्क रेकर्ड र एक बर्ष निःशुल्क म्युजिक कोर्षको व्यवस्था गरिएको छ भने प्रतियागितामा दोस्रो र तेस्रो हुनेलाई नगद क्रमश ः २५ र १५ हजारका साथै एक वटा गीतमा निशुल्क रेकर्ड र ३ ६ महिने र ३ महिने म्युजिक कोर्षको व्यवस्था गरिएको छ ।

 

तपाईको प्रतिक्रिया