ब्यबसायिक मोडलिङमा आफ्नो भाग्य कोर्दै – मोडल सोफिया पोमु

काठमाडौँ  । मोडलिङ संसार, रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहनाहुन्छ । त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाका साथ अहिले मोडेल सोफिया पोमु लागेकीछिन।

पुर्बको सुन्दर शहर धरानकी स्थाई बासिन्दा सोफिया काठमाडौँलाइ कर्मथलो बनाएर अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनतपनि गरि रहेकी छिन । नृत्य र अभिनयमा पोख्त सोफिया पोमु सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनिभित्रको आकर्षण पनि हो । दर्जनौं फेसन सो हरुमा रयांप मोडलिङ गरेर चर्चा कमाईसकेकी सोफियाले केहि म्युजिक भिडियोहरु मा समेत  आफ्नो कुशल अभिनय प्रस्तुतगरि सकेकी छीन,  उनी अभिनय, नृत्य र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन ।

भर्खर मात्र २०  औ बसन्तमा प्रवेशगरेकी सोफिया पोमु हेर्दा सार्हैनै आकर्षित छिन, हासी रहने शालीन स्वभाबकि सोफिया पोमु यदि राम्रो ठाउ बाट म्युजिक भिडियो तथा फिल्ममा अफर आएमा खेल्नेसोचमा पनि छिन । सानै उमेर देखि मोडलिङमा रुचि राख्ने उनको नृत्यमा पनि त्यतिकै रुचि छ, सोफिया पोमु अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्नकोसिशरत छिन ।

सोफिया पोमु भन्छिन, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।उनि भन्छिन  मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ  जीवनको हरेक मोडमा संघर्ष गर्दैअगाडि बढ्नुनै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफु अगाडी बढेको कुरा पनि उनि बताउछिन।

तपाईको प्रतिक्रिया

Loading...