बोल्ड नायिका नमिताको फिल्ममा स्थापीत हुदै

सानै उमेरदेखि अभिनय भनेपछि हुरुक्क हुने नव नायिका नमिता खड्का यतिबेला नेपाली फिल्मी क्षेत्रमा बोल्ड नायिकाका रुपमा स्थापीत हुने योजनामा छिन् । फिल्मी क्षेत्रका नयाँ नयाँ नायिकाहरुको प्रवेश हुने क्रम पछिल्लो समयमा बढीरहेका बेला उनि पनि काठमाण्डौैंमा बसेर संघर्ष गरिरहेकी छन् ।

उनि भन्छिन–‘ कति लहडले यो क्षेत्रमा आएका छन् भने कति यहि क्षेत्रमा केही गर्ने योजनाका साथ यो क्षेत्रलाई राम्रोसंग बुझेर आएका छन् । म पनि राम्रोसंग यो क्षेत्रलाई बुझेर मात्र प्रवेश गरेकी नायिका हुँ ।’ अभिनयमा आफुलाई पोख्त बनाएर फिल्मी क्षेत्रका उदाएकि नयाँ नायिका खड्काले एक दर्जन म्यूजिक भिडियो र केही छोटा फिल्ममा अभिनय गरेकी उनले दुई ठूला पर्दाका फिल्ममा अभिनय गरि नव नायिकाको स्थानमा आफ्नो दाम दर्ज गरिसकेकी छन् ।

ठूला पर्दाका दुई फिल्म आवरा र टेण्डरमा उनले मुख्य नायिकाको रुपमा अभिनय गरिसकेकी छन् ।फिल्ममै भविष्य बनाउने योजना बनाएर मोरङको उर्लावारी निवासी नायिका खड्का भन्छिन्–‘फिल्मी दुनियाँलाई म भरखरै बुझ्दै छु । म अबका फिल्ममा बोल्ड नायिकाका रुपमा दर्शक सामु चाँडै आउदैछु ।’ उनले अबको फिल्म र आफ्नो अभिनयका कारण नेपाली फिल्म क्षेत्रमा स्थापीत हुनेमा आफु विश्वस्त रहेको दावी पनि गरिन् ।

तपाईको प्रतिक्रिया