बोके दाह्रीको दशैं गीत सार्वजनिक (भिडियो)

गायक श्रीकृष्ण लुइँटेल (बोके दाह्री) को संदेशमुलक दशैं गीत सार्वजनिक भएको छ । ‘दशैं आयो’ बोलको गीतलाई युट्युबमा आज सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको गीतमा गायक श्रीकृष्णले दशैंको शुभकामना दिँदै यसपालीको दशैंलाई शाकाहारी बनाउन आग्रह गरेका छन् ।

गीतमा स्वर, शब्द तथा संगीत श्रीकृष्ण लुइँटेलकै रहेको छ । भिडियोमा कलाकारको रूपमा श्रीकृष्ण लुइँटेल र मुना प्रसाईंलगायतका अन्य कलाकारहरू रहेका छन् । बोके दाह्रीकै निर्देशनमा तयार भएको गीतको भिडियोलाई जोनी योञ्जनले एरेन्ज गरेका हुन् । सुवास लिम्बूको छायांकन तथा सम्पादन रहेको गीतको भिडियोलाई दीपेन्द्र कटुवालले ब्यवस्थापन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

Loading…