‘बेसार पानी’ गीत भाईरल बन्दै, प्रधानमन्त्री ओलिलाई गीतमा समेत उडाईयो

इटहरी / विश्व महामारीको चपेटामा परेको नेपालले लकडाउन खेपेको पनि निक्कै भैसक्यो । यो अवधिमा सरकारको कामलाई फितलो भन्दै बिरोध गर्नेहरु पनि निस्किए । यता प्रधानमन्त्री केपि शर्मा ओलिको बोलिलाई पनि आम नागरिकले उडाउन सम्म उडाए । उनले दिएका अभिव्यक्ति सामाजिक संजालमा ट्रोल बने संगै राजनैतिक हस्तीहरु प्रधानमन्त्री ओलिको आलोचक बन्न पुगे ।

यता एक समुहले भने कोरोनाको बारे ओलिले बोलेको आलोचित कुराहरुलाई गीत नै बनाएका छन् । उनले कोरोनाबाट बच्न ‘बेसार पानी खानु’, ‘हाछ्यु गरेर उडाउनु’ लगायत दिएका अभिव्यक्तिहरु अहिले सामाजिक संजालमा भाईरल भैरहेको परिवेशमा यस्तो गीत निस्किएको हो । गीतमा पनि रमाईलो शैलिमा प्रधानमन्त्री ओलिलाई उडाएका छन् । ‘बेसार पानी’ बोलको गीत यस्तो बनेको छ ।

गीतलाई प्रदिप त्रिपाठी, किशोर नेपाली र प्रदिप तिवारीले गाएका छन् भने यिनै ३ जनाले शब्द संकलन तथा गीतमा संगीत भरेका छन् । तारानाथ आचार्यले म्युजिक एरेन्ज गरेका छन् । काठमाडौको डाडामा ब्याण्ड सहित छायांकन गरिएको भिडियोलाई गणेश सापकोटाले खिचेका छन् भने भिडियो निर्देशन गायकहरुकै रहेको छ । भिडियो सम्पादन सुवास अमगाईले गरेका हुन् । गीत युट्युबमा सार्बजनिक भएको केही घन्टामा नै टिकटकमा भाईरल हुन सुरु भएको छ ।

तपाईको प्रतिक्रिया

Loading…