बुवा बन्न मानेन् हमाल

नेपाली सिनेमा क्षेत्रका महानायक पछिल्लो समय ठुलो पर्दामा देखिएका छैनन् । टिभी कार्यक्रम ,विभिन्न स्टेज कार्यक्रममा व्यस्त रहेका महानायक पछिल्लो पटक भने प्रेम गीत ३ लाई लिएर चर्चामा आएका थिए । जुन फिल्ममा उनले प्रदिप खड्काको बुवाको भुमिकामा काम गर्नु पर्ने थियो । उनलाई फकाउन निर्माण टिमले निकै कसरत पनि ग¥यो तर महानायक अन्तत प्रेम गीत ३ मा नजोडिने भएका छन् ।

महानायकले फिल्मको स्क्रिप्ट पनि मन पराएका थिए । उनले बुवाको रोल भन्दा प्रदिपको दाईको भुमिकामा काम गर्न खोजेपछि उनी फिल्ममा नखेल्ने भएका हुन् । नायकहरुले बुवाको भुमिका गरे त्यस्तै भुमिकामात्र आउने या भनौँ आफनो स्टारडम घटछ भन्ने मानसिकता पालेको देखिन्छ । वास्तविक जीवनमा पनि बुवा बन्न नखोजिरहेका महानायकले पर्दामा पनि बुवा बन्न चाहेनन् ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…