बिहे अघि नै एउटै होटलमा रणवीर–दीपिका बस्नुको कारण पर्दाफास

एजेन्सी । बलिउडमा निर्देशक तथा निर्माता सञ्जयलीला भन्सालीलाई ‘रिसाहा’ निर्देशकका रूपमा चिनिन्छ । कामको समयमा अरू केही कुरा सुन्न नचाहने भएकाले पनि उनीसँग काम गर्दा धेरै अभिनेता तथा अभिनेत्री सचेत हुन्छन् । अब यही कुरा अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणमा पनि लागू भएको छ ।

अहिले यी दुई फिल्म ‘पद्मावती’को सुटिङमा व्यस्त छन् । फिल्ममा प्रमुख भूमिका निर्वाह गरेका यी दुई सुटिङ स्पट अत्यन्त टाढा भएपछि होटेलमा सर्दै छन् ।प्रभादेवी अपार्टमेन्टबाट दीपिका होटेलमा सरिसकेको र रणवीर पनि त्यही होटेलमा जाने विषयलाई अहिले भारतीय मिडियाले प्राथमिकताका साथ प्रकाशन गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...